ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेलिकप्टरमार्फत पुगे त्रिदेशीय नाकामा सुरक्षाकर्मी


एबीसी न्यूज

काठमाडौँ, १७ जेठ । नेपाल, भारत र चीनको त्रिदेशीय नाका ब्यास गाउँपालिका–१ छाङ्गरु तिङ्करमा सुरक्षाकर्मीको उपस्थिति भएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत नेपाल प्रहरीलाई आज सो नाकामा पु¥याइएको हो ।
नेपाली सेनाको एम आई १७ हेलिकप्टरमार्फत सीतापुल प्रहरीचौकीमा प्रहरी पु¥याइएको हो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक लोकेन्द्र पुजाराको नेतृत्वमा १४ सुरक्षाकर्मी सीतापुल पु¥याइएको प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिनुभयो ।

त्रिदेशीय नाका छागरु र तिङ्करका स्थानीयवासीको बसाइँसराइ भए पनि सुरक्षाकर्मी नसरेको भन्दै गत साता राससमा समाचार प्रकाशित भएको थियो । नेपालतिर सडक नहुँदा माथि उक्लिन नसकेको प्रहरीलाई हेलिकप्टरमार्फत छाङ्गरुको सीतापुल पु¥याइएको छ । सीतापूलमा केही दिन बसेपछि आधा प्रहरी तिङ्कर चौकीमा सर्ने नायब उपरीक्षक शाहीले बताउनुभयो । नेपालतिर हतियारसहित चौकी सार्न बाटोघाटो थिएन् । स्थानीयवासीले भारतीय बाटो भएर बसाइँ सरे पनि प्रहरीका लागि हतियार लिन समस्या थियो । सर्वसाधारणले छाङगरु तिङकर जान नेपाल र भारत दुवैतर्फबाट बहुयात्रा अनुमति बनाउनुपर्छ । सोही माध्यमबाट उनीहरु भारतीय बाटोको प्रयोग गरी गाउँ फर्किएका थिए ।

“स्थानीय भारतीय मार्ग भएर गाउँ गइसकेको अवस्थामा सुरक्षाकर्मीमाथि लैजान हेलिकप्टरबाहेकको विकल्प थिएन्”, प्रहरी नायब उपरीक्षक शाहीले भन्नुभयो, “सञ्चार माध्यममा समाचार प्रकाशित भइसकेपछि झन प्रहरी समयमै पु¥याउनुपर्ने बाध्यता थियो ।”

प्रहरीले हातहतियारसहितमाथि जाने अवस्था नभएपछि यही जेठ १ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले हेलिकप्टर माग गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सरकारले पहिलो पटक ब्यासको त्रिदेशीय क्षेत्र छाङगरु तिङकरका लागि हेलिकप्टर पठाएको हो । नेपालतिरको बाटो गतवर्ष गाउँपालिकाले आफ्नै लगानीमा बनाए पनि महाकाली नदीको डुबानमा परेपछि बाटो अवरुद्ध छ । भारतले सीमा क्षेत्रमा बनाइरहेको सडकका कारण नेपालतिरको बाटो पूर्ण रुपमा अवरुद्ध भएको हो ।

भारतले कालापानी जाने सडक महाकाली किनारै किनार निर्माण गरिरहेको छ । भारतले बनाइरहेको सडकमा प्रयोग गरिएको विस्फोटक पदार्थका कारण नदी थुनिन गई नेपालतिरको बाटो पूरै बगाएको स्थानीयवासीको भनाइ छ । ब्यास–२ तम्बाकुदेखि बुदिसम्मको क्षेत्रमा नेपालतिरको बाटो पूर्ण रुपमा अवरुद्ध छ । बाटो नहुँदा प्रहरीले आफ्नो रासन भारतीय बाटो भएर सीतापुल पु¥याएको हो । प्रहरीले हेलिकप्टरमार्फत हतियार, सञ्चार सेटलगायत प्रहरी जवान पु¥याएको हो । राज्यको उपस्थितिका नाममा प्रहरी मात्रै यो क्षेत्रमा हुने गरेको छ ।

यस्तै हेलिकप्टरमार्फत छाङगरु तिङकरको क्षेत्रमा प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्ट, प्रहरी नायब उपरीक्षक शाही, सशस्त्र प्रहरी नायब उपरीक्षक भीमचन्द, राष्ट्रिय अनुसन्धान अधिकृत हिरण्य कुँवर, दुर्गादल गुल्मका निमित्त गुल्मपति खड्कध्वज कार्की लगायतले यस क्षेत्रको अनुगमन गरेका छन् ।

हेलिकोप्टरमार्फत त्यस क्षेत्रको भूगोल प्रहरी बस्ने ठाउँ लगायतको बारेमा सामान्य जानकारी लिइएको प्रमुख जिल्ला अधिकारी बहादुर विष्टले बताउनुभयो । हेलिकोप्टरमार्फत पहिलो पटक सुरक्षाकर्मी पुगेपछि स्थानीयमा समेत राज्यको उपस्थित भयो भन्ने आभास पाइएको उहाँले जानकारी दिनुभयो ।

ब्यास क्षेत्र उच्च भू–भागमा अवस्थित भएका कारण छमहीना मात्रै स्थानीयवासीको बसोवास हुन्छ । यहाँका स्थानीय खलङगाझरेसँगै सीतापुल प्रहरीचौकी ब्यासको दुम्लीङ झर्ने गर्छन् । यहाँ चार/पाँच फिट हिउँ जम्ने गर्छ । प्रहरीले केही दिनअघि हतियार बिनाका प्रहरी दुम्लीङबाट सीतापुल पठाएको थियो । विगतमा यस क्षेत्रमा राज्यको उपस्थित नहुँदा चोरी शिकारी, आखेटोपहार ओसारपसार तथा नेपालतिरको जङ्गल भारतीय पक्षले फँडानी गर्ने गरेका घट्ना बेला बेलामा आउने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com