ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेटियो २५० वर्ष पुरानो दमाहा


एबीसी न्यूज

 

काठमाडौँ, १७ जेठ । म्याग्दीको बेनी नगरपालिका वडा नं ५ पुलाचौरको पुरण्यमा २५० वर्ष पुरानो ऐतिहासिक दमाहा भेटिएको छ ।

पुरण्यका इन्द्रबहादुर दर्जी ९साइलो० को घरमा उक्त दमाहा भेटिएको हो । पुला क्षेत्रमा शताब्दीयौँ पहिलाका बाजा रहेको भन्ने जानकारी पाएपछि ती बाजाको खोज अनुसन्धान गर्ने क्रममा स्थानीय बुद्धिजीवी तथा शिक्षक शिव बानियाँले खोजी गर्दै जाँदा इन्द्रबहादुर दर्जीको घरमा सो दमाहा भेटिएको हो ।

“मैले यस क्षेत्रमा धेरै पुराना बाजा रहेका छन् भन्ने कुरा स्थानीय वृद्धवृद्धाबाट थाहा पाएपछि ती ऐतिहासिक बाजा खोज्दै जाँदा दुई दिनअघि मात्र त्यो दमाहा भेटाएको हो”, स्थानीय शिव बानियाँले भन्नुभयो ।

बानियाँका अनुसार पुला ९साविकको पुलाचौर गाविस० क्षेत्रमा २५० वर्षअघि हुम्ला जिल्लाबाट बानियाँ, छिनेल, दर्जी ९दमार्इं० र पौडेल बसाईं सरेर सँगसँगै आएका र सोही समयमा तत्कालीन दमार्इं ९दर्जी० जातिले यो दमाहा पुलामा ल्याएका किंवदन्ती छ । पुस्तान्तरण हुँदै अहिले इन्द्रबहादुर दर्जीको जिम्मामा आएको यो दमाहा अहिले पनि नयाँ जस्तै देखिन्छ । त्यसमा कुनै खराबी नआएको र बजाउँदा अरु दमाहाभन्दा चर्को र बेग्लै आवाज निस्कने गरेको स्थानीयले बताएका छन् ।

उक्त दमाहा पहिले स्थानीय रल्ले बूढा भन्ने व्यक्ति कहाँ रहेको र विसं २०६० मा तत्कालीन नेकपा माओवादीले म्याग्दी आक्रमण गरेपछि त्यो दमाहा आफूले राख्दै आएको दर्जीले बताउनुभयो । आफ्नो गाउँमा ऐतिहासिक दमाहा भेटिएपछि त्यसको संरक्षणमा स्थानीयले चासो देखाएका छन् । स्थानीय वरनाथ आधारभूत विद्यालयका प्रधानाध्यापक टीकाराम दर्जीले ऐतिहासिक महत्वका त्यस्ता बाजाको सङ्ग्रहालय नै बनाएर राख्नसके पछिल्लो पुस्तालाई देखाउन र ती बाजाको महत्व बुझाउन सजिले हुने बताउनुभयो । दमाहा पत्ता लागेपछि त्यसको संरक्षण गर्नुपर्ने र सम्बन्धित निकायको पनि ध्यान जानुपर्ने स्थानीय यामबहादुर बानियाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com