ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवलपरासीमा सुविधासम्पन्न अत्याधुनिक शवगृह बन्दै


एबीसी न्यूज
जेष्ठ १७, २०७६ शुक्रबार  ३ : २० बजे

 

 


काठमाडौं, १८ जेठ । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा अत्याधुनिक सुविधासम्पन्न शवगृहको निर्माण कार्य शुरु भएको छ । परासीस्थित जिल्ला पृथ्वीचन्द्र अस्पतालमा रहेको पुरानो शवगृहलाई विस्थापित गरी अत्याधुनिक सुविधासम्पन्न शवगृहको निर्माण शुरु गरिएको हो ।

पुरानो शवगृह बजारको नजिक तथा मुख्य सडक छेउमै हुँदा दुर्गन्ध फैलिएको र अन्यत्र सार्न स्थानीयले माग गरेको विषयमा गत फागुन २९ गते राससमा समाचार प्रकाशित भएपछि त्यस विषयमा अस्पतालको ध्यानाकर्षण भएको थियो । अस्पतालले तत्काल प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयसँग बजेट माग गरी अत्याधुनिक शवगृह निर्माणको पहल गरेको थियो ।

हालै प्रदेश सरकारले रु ५० लाख बजेट विनियोजन गरी पठाएपछि अस्पतालले बजार क्षेत्रभन्दा बाहिर अस्पतालको उत्तर पूर्वमा रहेको खाली जग्गामा शवगृह निर्माण शुरु गरेको हो । आगामी असार मसान्तभित्रै निर्माण सम्पन्न हुने उक्त शवगृहमा छ वटासम्म शव राख्न मिल्ने अस्पतालका प्रबन्धक सुरेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

शवगृह निर्माणको जिम्मा पोखरेल निर्माण सेवा बर्दघाटले पाएको छ । ३२ प्रतिशत घटीमा ठेक्का लिएको उक्त कम्पनीले तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने जनाएको छ । शव परीक्षण गर्ने र शव राख्ने छुट्टाछुट्टै कोठा हुनेछन् । शव नगनाउने फ्रिजरको व्यवस्था हुनेछ भने आधुनिक प्रविधिसमेत जडान गरी छिटोछरितो शव परीक्षण गर्ने गरी व्यवस्था मिलाइने अस्पतालले जनाएको छ ।

पुरानो शवगृहमा शवको दुर्गन्ध कम गर्ने कुनै आधुनिक उपकरण नहुँदा लामो समयसम्म शव राख्दा त्यसको दुर्गन्धका कारण आसपासका बासिन्दाले सास्ती भोगिरहेका छन् । दुर्गन्धका कारण सर्वसाधारण नाक छोपेर हिँड्नुपर्ने अवस्था छ भने स्थानीय सवारी चालक, यात्रुदेखि व्यवसायीसमेत दुर्गन्धको चपेटामा छन् ।

गन्धकै कारण व्यवसायमा धक्का पुगेको र रोग फैलिन सक्ने स्थानीय व्यवसायीको गुनासो छ । स्थानीयवासीको मागलाई मध्यनजर गर्दै दुर्गन्ध नफैलिने आधुनिक शवगृह निर्माण थालिएको अस्पतालका अध्यक्ष शिवशङ्कर राय बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : राजनीतिशास्त्री प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

‘ऐतिहासिक दिन’ : अमेरिका–इरानबीच पाकिस्तानमा प्रत्यक्ष वार्ता, सकारात्मक वातावरणमा छलफल

सम्बन्धित

हंगेरीमा १६ वर्षपछि ओरबानको सिंहासन डगमगाउँदै

नागढुङ्गा–मुग्लिङ सडक अनुगमनमा गृहमन्त्री गुरुङः ‘काममा ढिलासुस्ती भए ब्ल्याक लिस्टमा राखिने’ चेतावनी

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते

काठमाडौंका सडकमा ढकमक्क फूल फुलाउने महानगरको नयाँ अभियान (तस्बिरसहित)

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com