ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वडा कार्यालय भवन अलपत्र


एबीसी न्यूज
जेष्ठ १७, २०७६ शुक्रबार  २ : ४८ बजे

 

 


काठमाडौँ, १७ जेठ । बागलुङ नगरपालिका–११ रायडाँडामा निर्माणाधीन वडा कार्यालय भवन अलपत्र परेको छ ।

बजेट अभावका कारण भवन निर्माणको काम अधुरै रहेको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो । द्वन्द्वकालमा क्षति पुगेपछि शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत भवन निर्माण शुरु भएको थियो ।

मन्त्रालय खारेज भएसँगै दुई वर्षदेखि भवन अलपत्र अवस्थामा पुगेको हो । आठ लाख ५० हजार बजेटबाट जग र पिलरका लागि डण्डी मात्र ठडाइएको छ । “बजेटका लागि सम्बन्धित मन्त्रालयमा माग गरिरहेका छौँ”, वडाध्यक्ष गौतमले भन्नुभयो, “माथिबाट नभए बागलुङ नगरपालिकाकै बजेटबाट भवन बनाउनुपर्छ ।”

भवन नबन्दा अहिले वडा कार्यालय भाडाको कोठाबाट सञ्चालित छ । बन्द भएको निजी विद्यालयको जीर्ण कोठामा वडा कार्यालय छ । साँघुरो र अव्यवस्थित कार्यालयका कारण सेवा प्रवाह सहज छैन । “अहिले भाडामा बसेको कोठा पनि भूकम्पका कारण जोखिममा छ”, वडाअध्यक्ष गौतमले भन्नुभयो ।

स्थानीय तह निर्वाचन भएको दुई वर्ष बितिसक्दा पनि वडाको आफ्नै भवन नबन्दा स्थानीयवासी पनि चिन्तित छन् । जतिसक्दो छिटो बजेट व्यवस्थापन गरेर सुविधायुक्त वडा कार्यालय भवन बनाउनुपर्ने गाउँलेको माग छ ।

“भवन निर्माण नगरपालिकाले गर्नुपर्छ”, स्थानीयवासी नवीन केसीले भन्नुभयो, “वडा कार्यालयकै भवनलाई बजेट नहुनु दुःखद विषय हो ।” विकट भूगोलका कारण रायडाँडा विकासमा पछाडि छ । निर्वाचित प्रतिनिधि आएपछि पूर्वाधार निर्माणका कामले प्राथमिकता पाएका छन् । सडक, विद्यालय, स्वास्थ्यचौकीलगायत निर्माणाधीन अवस्थामा छन् । सामाजिक, आर्थिक विकासका लागि पनि वडाले बजेटमार्फत काम अघि बढाएको छ । लक्षित वर्गको क्षमता विकासमा पनि वडाको प्राथमिकता छ ।

बागलुङ सदरमुकामदेखि १८ किमी दूरीमा रहको यो वडालाई कठिन भूगोल, अविकासजस्ता कारणले ‘बागलुङ नगरपालिकाको कर्णाली’ समेत भन्ने गरिन्छ । अहिले सबैतिर निर्माणको काम भइरहेको र केही वर्षमा देखिने गरी विकास हुने वडाध्यक्ष गौतमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : राजनीतिशास्त्री प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

‘ऐतिहासिक दिन’ : अमेरिका–इरानबीच पाकिस्तानमा प्रत्यक्ष वार्ता, सकारात्मक वातावरणमा छलफल

सम्बन्धित

हंगेरीमा १६ वर्षपछि ओरबानको सिंहासन डगमगाउँदै

नागढुङ्गा–मुग्लिङ सडक अनुगमनमा गृहमन्त्री गुरुङः ‘काममा ढिलासुस्ती भए ब्ल्याक लिस्टमा राखिने’ चेतावनी

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते

काठमाडौंका सडकमा ढकमक्क फूल फुलाउने महानगरको नयाँ अभियान (तस्बिरसहित)

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com