ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हात्तीबाट जोगिन गाउँगाउँमा पोस्टर


एबीसी न्यूज
जेष्ठ १७, २०७६ शुक्रबार  ११ : ३० बजे

भद्रपुर, १७ जेठ ।  झापाका अधिकांश स्थानमा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि स्थानीयवासीलाई सावधानी अपनाउनका लागि डिभिजन वन कार्यालय झापाले सचेतनामूलक पोस्टरहरु टाँस्न थालेको छ ।
कार्यालयले विशेषगरी अर्जुनधारा नगरपालिका, भद्रपुर, मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका विभिन्न स्कूल तथा सार्वजनिक स्थानमा ‘हात्तीसँग सावधानीपूर्वक सहयात्रा’ भन्ने नारासहितका पोस्टर टाँस्न शुरु गरेको हो ।
केही दिनयता बाहुनडाँगीको बस्ती नजिकैको चिया बगान र अर्जुनधारा नगरपालिका–५ कञ्चनबारीस्थित किसानका उखुबारीमा बच्चासहित आधा दर्जन हात्ती दिउँसै पसेर गाउँलेलाई आतङ्कित पारेपछि वन कार्यालयले जङ्गली हात्तीको आक्रमणबाट जोगिन आवश्यक पर्ने कुराहरु लेखेर पोस्टर टाँस्न थालेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो ।
पोस्टरमा सानो बच्चासहित हात्ती रहेको, जम्काभेटमा अचानक हात्तीको नजिक पुगेको अवस्थामा, चरिरहेको बेला जिस्काएर होहल्ला गरेमा, आगोको अगुल्टा वा कुनै वस्तुले हात्तीलाई हानेमा पनि आक्रमण गर्नसक्ने उल्लेख गरिएको छ । हात्तीको शारीरिक हाउभाउ हेरेर रिसाएको वा नरिसाएको थाहा पाउने तरिका र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने हाम्रा कर्तव्यको बारेमा समेत बँुदागत रुपमा पोस्टरमा उल्लेख गरिएको छ ।
उहाँका अनुसार झापाको हल्दिबारी, बुद्धशान्ति गाउँपालिका, भद्रपुर, अर्जुनधारा, मेचीनगर नगरपालिकाभित्र रहेका सामुदायिक वनमा १३ बढी रैथाने हात्ती रहेका छन् । किसानले लगाएको मकै, धान पाक्न शुरु गरेसँगै हात्ती गाउँ पस्न थालेको उहाँको भनाइ छ । प्रमुख घिमिरेले हात्ती प्रभावित क्षेत्रमा साइरनसहितको गाडी लिएर वन हेरालुहरुले दिनरात गस्ती गरिरहेको बताउनुभयो । मानव–हात्ती द्वन्द्वको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०६७/६८ देखि चालू आर्थिक वर्ष २०७५÷७६ को हालसम्ममा झापाका ३८ ले हात्तीका कारण ज्यान गुमाइसकेका छन् । मान्छेका कारण १० हात्ती मरेका उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : राजनीतिशास्त्री प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

‘ऐतिहासिक दिन’ : अमेरिका–इरानबीच पाकिस्तानमा प्रत्यक्ष वार्ता, सकारात्मक वातावरणमा छलफल

सम्बन्धित

हंगेरीमा १६ वर्षपछि ओरबानको सिंहासन डगमगाउँदै

नागढुङ्गा–मुग्लिङ सडक अनुगमनमा गृहमन्त्री गुरुङः ‘काममा ढिलासुस्ती भए ब्ल्याक लिस्टमा राखिने’ चेतावनी

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते

काठमाडौंका सडकमा ढकमक्क फूल फुलाउने महानगरको नयाँ अभियान (तस्बिरसहित)

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com