ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पानीको मुहान सुक्दा खानेपानीको हाहाकार


एबीसी न्यूज


काठमाडौं,१५ जेठ ।  कुशे गाउँपालिका–१ स्याङ्गीधाउनीका एक सय घरपरिवारलाई खानेपानीको जोहो गर्न सास्ती छ । गाउँमा खानेपानीको हाहाकार मच्चिएपछि स्थानीयवासीलाई दुई घण्टा टाढाको खोलाबाट पानी बोकेर पिउनुपर्ने बाध्यता भएको हो ।

अग्लो टाकुरोको बस्ती त्यसैमा सुख्खा र खडेरीले आसपासका मुहान सुक्दा समस्या भएको वडाध्यक्ष गोपालबहादुर नेपालीले बताउनुभयो  । उहाँका अनुसार स्थानीयवासीले गाउँबाट टाढा रहेका कुवा र नाउलोबाट पानी बोकेर ल्याउने गरेको छ । पानी अभावको समस्या वडा कार्यालय र विद्यालयमा समेत परेको छ । पानी अभावले गाउँभरका शौचालय प्रयोगविहीन भएका छन् । सात किलोमिटर दूरीको लडा लेकको खानेपानी योजना निर्माण नगरेसम्म समस्या भइरहने स्थानीयवासीको भनाइ छ । बजेट अभाव देखाउँदै स्थानीय तहले खानेपानी योजना निर्माणमा चासो नदेखाएको उनीहरूको गुनासो छ ।

पानी अभावले गणेश आधारभूत विद्यालय स्याङ्गीका विद्यार्थीले दिवा खाजासमेत खान पाएका छैनन् । बोकेर ल्याएको पानीले डेढसय विद्यार्थीलाई पकाएर खुवाउन नसक्दा दिवा खाजा बन्द गर्न बाध्य भएको प्रधानाध्यापक उत्तमीलाल यादवले बताउनुभयो । त्यस्तै कुशे–८, जिन्तालामा पनि खानेपानीको हाहाकार मच्चिएको छ । पुरानो खानेपानी योजनाको मुहान सुक्दा र नयाँ योजना निर्माणमा बजेट नहुँदा जिन्तालामा खानेपानीको अभाव भएको हो । मुहान सुक्दै गएकाले जिन्तालाका तीन सय घरपरिवारलाई घण्टाँै पैदल हिँडेर गाग्रीमा पानी बोक्नुपर्ने बाध्यता भएको स्थानीयवासी रमेश सिंहले बताउनुभयो । दुई दशक पुरानो खानेपानी योजनाको मुहान सुख्दा र उक्त योजनाको मर्मत नहुँदा समस्या भएको उहाँले बताउनुभयो  ।

बर्षेनी फागुनदेखि गाउँमा खानेपानीको अभाव चुलिने गरेको उहाँले सुनाउनुभयो । सिंहका अनुसार जिन्तालामा खानेपानी ल्याउनका लागि करीब नौ किलोमिटर टाढाको मुहानको विकल्प छैन । कुशे गाउँपालिकाले सबै वडामा स्वच्छ खानेपानी पु¥याउने उद्देश्य राखे पनि बजेट अभावले पूरा हुन नसकेको उपाध्यक्ष रामछाया शाहीले बताउनुभयो । “वन विनाश र सुक्खा खडेरीका कारण पानीका स्रोत सुकेपछि झन् खानेपानीको अभाव भएको छ । जाजरकोटमा तीन सय खानेपानी योजनाको मर्मत सम्भार हुन नसक्दा स्थानीय बासिन्दा स्वच्छ पिउने पानीबाट वञ्चित भएको जिल्ला समन्वय समितिले जनाएको छ ।

जिससका अनुसार खानेपानी अभावमा जाजरकोटका ६ हजार घरपरिवार खोला, नदी, कुवालगायतको दूषित पानी पिउन बाध्य छन् । जिल्लाका २५ हजार घरधुरीमा स्वच्छ पानी पिउने पानीको सुविधा पुगेको जिससको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मोदीको एघार वर्ष; चौतर्फी असफलता र निराशा एक समीक्षा : पी चिदम्बरम

सहकारी ठगी प्रकरणमा रविसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता

सम्बन्धित

रोष्ट्रमबाटै प्रभु साहले गरे सभामुखसँग सवालजवाफ

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड

इजरायलमा ५५ सय र इरानमा रहेका १२ जना नेपाली सुरक्षित छन्- परराष्ट्र मन्त्रालय

काठमाडौँको पासिकोटमा भारतीय नागरिकसँगै नेपाली युवती मृत फेला

रास्वपाको नाराबाजीबीच सवा ३ घण्टा चल्यो संसद् बैठक

आर्थिक बर्ष सकिन १ महिना मात्रै बाँकी रहँदा पूँजीगत खर्च ४० प्रतिशत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com