ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घुस लिएको अभियोगमा एक कर्मचारी पक्राउ


एबीसी न्यूज
जेष्ठ १४, २०७६ मंगलबार  ७ : ४७ बजे


काठमाडौँ, १४ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक डाइभिङ इन्टिच्युटमा एक कर्मचारीको समेत मिलमतोमा हेभी इक्विपमेन्ट डिभिजन कार्यालय पोखरामा अरेटर पदमा कार्यरत कर्मचारीले रु ४० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरिएको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार अपरेटर कुमार लामिछाने र मेट्रो ड्राइभिङका सञ्चालक खगेन्द्र लामिछानेले सवारी चालक अनुमतिपत्रको परीक्षामा उत्तीर्ण गराइदिने भन्दै घुस मागेको पाइएको छ । आरेपीद्वयलाई पोखरा महानगरपालिका १८ ड्यामसाइटस्थित होटल बार्दलीबाट पक्राउ गरिएको हो । आरेपीद्वयलाई सोमबार पक्राउ गरिएको भए पनि आज सार्वजनिक गरिएको आयोगले जनाएको छ ।

उनीहरुको थप अनुसन्धान भइरहेको छ । कालिका शहीद शान्ति पार्क निर्माणको लागि प्राप्त भएको रकम हिनामिना गरेको अभियोगमा जिल्ला समन्वय समितिको कार्यालय तनहुँमा कार्यरत प्राविधिक सवइञ्जिनीयर खगेन्द्र खबास र व्यास नगरपालिकाका प्राविधिक सवइञ्जिनीयर निर्मल वाग्लेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । उनीहरुमाथि मन्दिर निर्माणको सिलसिलामा लागतबमोजिम काम भए नभएको परीक्षण नगरी काम भएको भन्दै प्रतिवेदन दिई भ्रष्टाचार गरेको अभियोग लागेको छ । आयोगले जिल्ला शिक्षा कार्यालय प्यूठानअन्तर्गत शिक्षक पदमा कार्यरत विमला आचार्यको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

त्यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासनिक सहायक पदमा कार्यरत मोहम्मद सईदुरहमानको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ । आयोगका अनुसार काँडा भवानी मावि बाजुरामा कार्यरत शिक्षक भक्तबहादुर सिंहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा आजै विशेष अदालतमा मुद्दा दायर गरिएको छ । त्यस्तै आयोगले सिराहा प्राथमिक विद्यालय, रामपुरविर्ता ५, सिराहामा छात्रा शौचालय निर्माण गर्न भनी निकासा भएको सरकारी अनुदान रकम अनियमितता गरेको अभियोगमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष रामभरोस मण्डल र प्रधानाध्यापक वसन्तकुमार मण्डलले अनियमितता गरेको जनाएको छ ।

उनीहरुले सरकारी रकम मास्ने उद्देश्यले नक्कली जग्गाधनी प्रमाणपूर्जा बनाई रु चार लाख हिनामिना गरेको पाइएको छ । आरोपी रामभरोसको निधन भइसकेकाले उनको हकवालाविरुद्ध र प्रधानाध्यापक मण्डल मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

किशोरी साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको अन्तरिम आदेश, सांसदको विषयमा शुक्रबार निर्णय हुने

इराकले तेल टर्मिनल बन्द गर्‍यो, विश्वव्यापी आपूर्तिमा ठूलो अवरोध

सम्बन्धित

मोदी प्रमुख अतिथि रहने भारतको प्रतिष्ठित NXT Summit 2026 मा रेनु दाहालले सम्बोधन गर्ने

सिरहा बार एसोसिएसन कार्यालयमा विस्फोट, एक कर्मचारी घाइते

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

लामिछानेविरुद्धको अभियोग फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

संखुवासभामा एमालेका अर्जुनकुमार कार्की निर्वाचित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com