ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चोरीमा संलग्न तीन पक्राउ


एबीसी न्यूज

सिन्धुली, १४ जेठ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–६ स्थित बरबोटेमा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोलुखुम्बु दूधकौशिका गाउँपालिका–६ का ३३ वर्षीय सागर गहतराज, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ का ४० वर्षीय रामबहादुर तामाङ र जीतबहादुर तामाङ रहेको सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । उनीहरुलाई आइतबार पक्राउ गरी सोमबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सार्वजनिक गरेको हो । उनीहरुको साथबाट रु एक लाख ५० हजार नगद, अमेरिकी डलर ५० दरको १३ थान, अमेरिकी डलर २ कोे एक थान र अमेरिकन डलर एकको ४८५ थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

यसैगरी विभिन्न कम्पनीका पाँच मोबाइलसमेत बरामद गरिएको उपरीक्षक थापाले जानकारी दिनुभयो । उनीहरुले आफूसँग रु २५ हजार डलर छ, सस्तो दरमा नेपाली पैसासँग साटिदिन्छु भन्दै सल्यान बागचौर नगरपालिका–९ घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा बस्ने सन्तोष डाँगीलाई सिन्धुलीको खुर्कोटमा बोलाएको प्रहरीले जनाएको छ । उहाँले भन्नुभयो, “डाँगीलाई सिन्धुलीको सुनकोशी गाउँपालिका–६ विपी राजमार्गमा बोलाई एक किलोमिटरमाथि गणेशस्थान नजिक बरबोटे भन्ने स्थानमा लगेर तिमीहरु डलर साट्न आएको होइन, के कति पैसा छ ? झिक नत्र मारेर फालिदिन्छौँ भनी सन्तोष डाँगीसँग रहेको रु एक लाख ५० हजार र सल्यान बागचौर नगरपालिका–९ का नवीन केसीको साथमा रहेको रु १३ हजार मूल्य बराबरको मोबाइल लुटेको अनुसन्धानका क्रममा खुलेको छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायल–इरान द्वन्द्व चर्किएपछि भारत सतर्क, बनायो ‘कन्ट्रोल रुम’

इजरायल र इरानबीचको युद्धले तेल र ग्यास पठाउने जल मार्ग प्रभावित हुन सक्ने जोखिम

सम्बन्धित

रास्वपाले भिरेको रिबनप्रति कांग्रेसले जनायो नियमापत्ति

कानुन व्यवसायीलाई मुद्दा मिलापत्रको जिम्मेवारी दिनु हुँदैनः मन्त्री चौरसिया

३० मिनेटलाई स्थगित भयो संसद् बैठक

प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा र राप्रपाको विरोध

केपी ओलीविरुद्ध भीम रावलको आक्रोश: ‘बामालेका झोले अध्यक्ष’

मेयरको निर्देशनमा गौशाला नगरकी उपप्रमुखलाई कार्यालय पस्न अवरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com