ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उप प्रमुख खातुनको दादा गिरी, कार्यालयको कम्प्युटर तोड़फोड


एबीसी न्यूज

रौतहट, १३ जेठ / रौतहटको एक स्थानीय तहमा आफ्नो भागमा कम योजना पारेको भन्दै उप उप प्रमुखले कार्यलयको समान तोडफोड़ गरेका छन । आईतबार रौतहट जिल्लाको गुजरा नगरपालिकाकी उप नगर प्रमुखले नै नगरपालिकामा तोड फोड गरेकी छिन ।

तोड़फोडमा उप प्रमुख रौशन खातुन शेख स्वयम उनका श्रीमान शेख बद्रुदिन, छोरा शेख अनिसुर रहमान र भाई एकवाल हुशैन संलग्न रहेको नगर प्रमुख सन्तलाल धामीले जानकारी दिएका छन् । गुजरा नगरपालिकाकी उप प्रमुख खातुन सहितका समूहले आईतबार दिउसो ४ बजेको समयमा प्राविधिक शाखाको एक थान ल्याप्टप, एक थान कम्युटर तोडफोड तथा कार्यलयको अवश्यक कागजात च्यातेको नगरपालिकाका ईन्जिनियर प्रविण साहले जानकारी दिएका छन् ।

उनीहरुले योजना शाखाको समान समेत तोडफोड गर्ने प्रयास असफल भएको र तोडफोडमा संलग्न रहेका चारजना विरुद्ध सोमबार आफुले प्रहरीमा किटानी जाहेरी दिने नगर प्रमुख सन्तलाल धामीले बताएका छन । उनका अनुसार नगरका सम्पूर्ण योजना तर्जुमा तथा योजनाहरू उप प्रमुख कै अध्यक्षतामा पास भएको र अहिले आफैले असहमति जनाउदै तोड़फोड गर्दै अराजकता फैलाएको आरोप लगाए ! नगर प्रमुख धामीले भने आफुलाई असफल बनाउनका लागि उप प्रमुखका श्रीमान शेख बद्रुदिन सहितका व्यक्ति सक्रिय भएर लागेको बताए ।

प्रशासकीय प्रमुख जामुन चौधरीले आफुहरू नगरको विकास चाहेको भएपनि उप प्रमुखका श्रीमानको मनलाग्दीका कारण उप प्रमुख अराजकतामा उत्रेको आरोप लगाएका छन । त्यस्तै नगरपालिकाका कर्मचारीहरुले उप प्रमुखको मनोमानीका कारण आफुहरुले काम गर्न सक्ने अवस्था नरहेको बताउदै आएका छन रौतहट जिल्लाका अधिकांस स्थानीय तहमा प्रमुख र उप प्रमुख बिचको बिवादका कारण विकास निर्माणको काम प्रभाबित बन्दै आएको छ ।

गुजरा नगरपालिका प्रमुख धामी र खातुन एकै पार्टी राजपाबाट निर्वार्चित प्रतिनिधि हुन । यता उप प्रमुखले कार्यालयमा गरेको तोडफ़ोडको बिरोधमा स्थानीय युवाहरुले उप प्रमुख खातुनको कार्यकक्षमा ताला लगाएका छन् ! उप प्रमुख खातुनले भने आफ्नो योजना अनुसार काम नभएका कारण बाध्य भएर तोडफोड गर्नु परेको जानकारी दिईएकी छिन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com