ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री एकदिवसीय क्रिकेट, उद्घाटन खेलमा आर्मी विजयी


एबीसी न्यूज


काठमाडौं, १० जेठ । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्बले प्रदेश नं २ लाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवी मैदानमा आज सम्पन्न खेलमा आर्मीले प्रदेश नं २ लाई १७१ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाउँदै २७८ रन बनायो । २७९ रनको विजयी लक्ष्य पछ््याएको प्रदेश नं २ ले ३१ दशमलव ४ ओभरमा सबै विकेट गुमाई एक सय ७ रन मात्र बनायो । प्रदेश नं २ का लागि हरिशङ्कर साहले सर्वाधिक २१ रन बनाए । सम्साद शेखले १६, सुधीर चौधरीले १५, राशिद खानले १४ र सुरज पटेलले ११ रन बनाए । बलिङ्तर्फ आर्मीका शाहब आलमले चार विकेट लिए । सुशन भारीले तीन, जीतेन्द्र मुखियाले दुई तथा कुशल मल्लले एक विकेट लिए ।

यसअघि आर्मीको ब्याटिङ शुरुआत राम्रो रह्यो । प्रारम्भिक ब्याट्सम्यान राजु रिजाल र कप्तान विनोद भण्डारीले एक सय २१ रनको साझेदारी निभाए । रिजालले दुई छक्का र चार चौकाको मद्दतमा ९० रन जोडे । भण्डारीले नौ चौकासहित ६६ रनको योगदान दिए । यस्तै रोहित पौडेलले ४७, हरिबहादुर चौहानले २६, सुशन भारीले १२ तथा करण केसीले ११ रन बनाए । बलिङतर्फ प्रदेश २ का हरिशङ्कर साहले तीन तथा राशिद खान, विवेक यादव र विशाल सुसलिङले एक÷एक विकेट लिए । प्लेयर अफ द म्याच आर्मीका राजु रिजाल भए ।

प्रतियोगितामा तीन विभागीय टोली र ७ प्रदेशका टोलीको सहभागिता छ । समूह ‘ए’ मा एपिएफ क्लब, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश तथा समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् । प्रतियोगिताको विजेताले रु २० लाख तथा उप–विजेताले रु १० लाख पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मोदीको एघार वर्ष; चौतर्फी असफलता र निराशा एक समीक्षा : पी चिदम्बरम

सहकारी ठगी प्रकरणमा रविसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता

सम्बन्धित

विश्व टेस्ट च्याम्पियनशिप : अस्ट्रेलिया दुई सय २८ रनले अगाडि

नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्कियो

विश्वकप क्रिकेट लिग–२ : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दै

विश्वकप छनोट: चिलीमाथि र्जेन्टिनाको जित

उज्वेकिस्तान र जोर्डन पहिलो पटक फिफा विश्वकपमा छनोट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com