ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुगलको काखमा गाउँ कार्यपालिका बैठक– घोषणापत्र जारी


एबीसी न्यूज


काठमाडौं, ८ जेठ ।  सिन्धुपाल्चोकको जुगल गाउँपालिका प्रमुख होमनारायण श्रेष्ठको नेतृत्वमा यही जेठ १ गतेदेखि पैदल यात्रा गर्दै जुगल हिमालको आधार शिविर नजीकै वडा नं ३ पेमासाल पुगेको गाउँ कार्यपालिकाको टोलीले जेठ ४ गते बैठक बसी पेमासाल घोषणापत्र जारी गरेको छ । हिमाल आरोहण, पदयात्रा र उत्कृष्ट प्राकृतिक छटाका लागि प्रसिद्ध यस भेकलाई पर्यटनका निम्ति खुला र पूर्वाधारयुक्त बनाउन गाउँपालिकाको बैठकले लामो यात्रा तय गरेको हो ।

टोलीमा ख्यातिप्राप्त साहित्यकार, पत्रकार र गाउँपालिकाका विभिन्न क्षेत्र र तहका कर्मचारी पनि समावेश गरिएका थिए । घोषणापत्रले जुगल गाउँपालिकाको अगुवाइमा २०७५ चैत २६ गते जुगल हिमालको सफल आरोहण भएपछि यस क्षेत्रको बृहत्तर विकासका लागि संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनात्मक कार्य गरिनु जरुरी भएको ठहर गरेको छ । ने–पेमासल क्षेत्रका जैविक विविधता तथा प्राकृतिक सुन्दरता पर्यटन गन्तव्यको प्रमुख आधारशिला हुन सक्ने र अद्भुत प्राकृतिक संरचना, आकर्षक जैविक विविधता तथा जटिल भूबनोटले सबै खाले पर्यटनलाई आकर्षित गर्न सक्ने विश्वास पनि गरिएको छ । जनजिब्रोले नेपेमासाललाई पेमासाल भन्ने गरिएको पाइन्छ ।

बौद्ध गुरु रिम्पोचे पद्मसम्भवले ध्यान गरेको तथा भविष्यमा हुन सक्ने विभिन्न परिघटनाका भविष्यवाणीका लिखत यसै क्षेत्रमा सुरक्षित रुपमा राखेको किंवदन्तीसमेत रहेको यस पवित्र भूमिलाई उनकै वचनमा उल्लेख भएअनुसार संसारका पवित्र १० उत्तम भूमिमा सूचीकृत भएकोे मानिन्छ । घोषणापत्रमा उल्लेख गरिएअनुसार जुगल क्षेत्रमा पर्यटनको सम्भाव्यता अध्ययन तथा प्रचारप्रसार समेत गर्ने हेतुले पेमासालमा जुगल गाउँकार्यपालिकाको बैठक बसी सो घोषणापत्र जारी गरिएको हो । बैठकले जुगल गाउँपालिकाको बृहत्तर विकासका लागि पर्यटन विकास मुख्य आधारस्तम्भ भन्ने ठहर गर्दै जुगल गाउँपालिकाको पर्यटकीय सम्भावनालाई उजागर गर्ने तथा उच्च हिमाली भेगको पर्यटकीय सम्भावनालाई महत्व दिन प्रतिबद्धता जाहेर गरेको छ ।

बैठकले जैविक, धार्मिक, सांस्कृतिक र प्राकृतिक स्रोतको संरक्षण तथा विकासका लगि नेपेमासाल बृहत्तर विकास परियोजना अगाडि बढाउने घोषणा गर्दै जुगल हिमशृङ्खलाका प्राविधिक रुपले सम्भाव्यता भएका हिमालका लागि हिमाल आरोहण तालीम केन्द्र, अनुसन्धान केन्द्र तथा विश्वविद्यालय सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने निर्णयसमेत गरेको छं । नेपालमा पहिचान गरिएका स्थापित तथा प्रवद्र्धन गर्नुपर्ने पर्यटकीय गन्तव्य सूचीमा पेमासाल र जुगल हिमशृङ्खलालाई थप गर्न नेपाल सरकारसमक्ष माग गर्ने र बृहत्तर विकासका लागि कार्यक्रम तय गर्दा जैविक विविधताको संरक्षणलाई ध्यान दिई दिगो विकासमा आधारित हरित पर्यटन प्रवद्र्धनमा विशेष जोड दिने प्रतिबद्धता पनि बैठकले व्यक्त गरेको छं । बैठकले छेन्ताङ नेपामासाल बुम्शेर्पु क्षेत्र तथा यसको आसपास क्षेत्रलाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्दै सो क्षेत्रको पर्यटकीय मर्मलाई असर नपार्नका लागि स्थायी संरचना निर्माणपूर्व गाउँपालिकाबाट अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने व्यवस्था लागुगर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले छेन्ताङसम्मको सहज सडक निर्माणका लागि सङ्घीय र प्रदेश सरकारलाई विशेष अनुरोध गर्दै यस कार्यमा गाउँपालिकाले समेत उच्च प्राथमिकता दिनेछ । यस कार्यमा निजी क्षेत्रलाई समेत खुलेर लगानी गर्न आह्वान गरिएको छ । जुगल क्षेत्रमा आउने पर्यटकलाई स्वच्छ, सफा र जैविक खाद्यवस्तु उपलब्ध गराउनका लागि हिमाली क्षेत्रमा हालसम्म रासायनिक मलको प्रयोग नभएको र आगामी दिनमा पनि यसको प्रयोग हुन नदिन तथा प्राङ्गारिक मल तथा औषधि उत्पादनमा अनुदान उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ । बैठकबाट पर्यटन क्षेत्रका लागि आवश्यक जनशक्ति तयार गर्ने तथा संरचनाको निर्माणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने तथा पेमासाल क्षेत्र संरक्षण र विकासका लागि जुगल गाउँपालिका तहको उच्चस्तरीय समिति गठन गर्ने निर्णय पनि गरिएको छ । जुगल – ३ गुम्बामा रहेको जुगल हिमशृङ्खला( छ हजार ७० मिटर)नेपालको राजधानी काठमाडौँबाट नजीको हिमाल हो जुन करीब १४० किलोमिटर सडक र पैदलमार्ग दूरीमा छ ।

पेमासाल तीन हजार ५ सय मिटरको उचाइमा रहेको हिमउपत्यकाको एक सुन्दर चौर हो । उच्च भूभागमा रहेको फराकिलो मैदान, नजीकै बगिरहेको ब्रह्मायणी नदी, हरिया जङ्गल, जङ्गलमार्गमा तोङश्युक (हजार जना अट्ने) गुफा र त्यसैको आडमा रहेको जुगल हिमशृङ्खलाको सुन्दरतम दृश्यको संयोजन आफैँमा एक अद्भुत क्यानभास हो । बौद्ध धर्मावलम्बीको आस्था एवं विश्वासका दृष्टिले पनि यस क्षेत्रको विशेष महत्व छ । –––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com