ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उचित ठाउँमा पुनर्वासको व्यवस्था गर्न माग


एबीसी न्यूज


काठमाडौं, ८ जेठ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रका पूर्ण विस्थापित परिवारले उचित ठाउँमा पुनर्वासको व्यवस्था गर्न माग गरेका छन् ।

डुबान क्षेत्रमा पर्ने जिल्लाको भीमसेन थापा गाउँपालिका–८ घाटबेसीका डुबान प्रभावितले आयोजना प्रमुख कृष्ण कार्कीसँग भेट गरेर उक्त माग गरेका हुन् । डुबानमा पर्ने घाटबेसी क्षेत्रका करीब २०० घरधुरीका व्यक्तिले आयोजनाले सो क्षेत्र वरपर उपयुक्त जग्गाको पहिचान गरी प्रभावितलाई पुनःस्थापना गर्नुपर्ने माग गरेका हुन् । आयोजनाले केही दिनअघि मात्र घाटबेसीका पूर्ण विस्थापित परिवारको पुनःस्थापनका लागि सोही वडाको कोटाले चौर क्षेत्रको जग्गा रोक्का गरेको जानकारी आएको भन्दै उक्त क्षेत्र पुनर्वासका लागि उपयुक्त नभएको प्रभावितले बताएका छन् ।

वडाध्यक्ष वासु थापाले भन्नुभयो, “भौगोलिक हिसाबले पनि कोटाले चौर उपयुक्त छैन, आयोजनाले प्रभावित क्षेत्रका जनतासँग छलफल गरेर त्यसको टुङ्गो लगाउनु आवश्यक छ ।” उहाँले डुबान क्षेत्रका जनतालाई पायक पर्ने स्थानमा पुनर्वास गर्दा प्रभावितलाई समेत सजिलो हुने भएकाले सो क्षेत्र नजिकै कतै विकल्प खोज्नुपर्नेमा जोड दिनुभयो । आफूहरुका लागि साविकको बोर्लाङ–७ महादेवटारमा पर्ने टाँडबिसौना र टाउकेस्वाँरा क्षेत्र नै पुनःस्थापनाका लागि उपयुक्त हुने स्थानीय बलराम ढकालले बताउनुभयो । “कम्तीमा विद्यालय, खानेपानी, सडक र स्वास्थ्य संस्थाको पहुँच भएको क्षेत्रमा पुनःस्थापना गर्नु उचित हुन्छ”, उहाँले भन्नुभयो, “आयोजनाले प्रभावित क्षेत्रका जनताको मर्म र भावनालाई पनि बुझ्न सक्नुपर्छ ।” बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले आयोजनाले गोरखातर्फका केही ठाउँको मात्र जग्गा रोक्का गर्नुुलाई आयोजनाको पक्षपाती निर्णय भएको बताउनुभयो ।

उहाँले पुनर्वासका लागि गोरखा र धादिङ गरी ४४ स्थानको जग्गा पहिचान गरेको भए पनि एकतर्फी रुपमा प्रभावितसँग छलफल नै नगरी नौ ठाउँको जग्गामात्र रोक्का गर्नु सकारात्मक काम नभएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com