ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इराकको सरकारी फौजले विवादास्पद क्षेत्रलाई कुर्दहरुको नियन्त्रणबाट फिर्ता लियो


admin

काठमाण्डौं, ३१ असोज । इराकको सरकारी फौजले विवादास्पद उत्तरी सहर किर्कुक र नजिकैको तेल क्षेत्रलाई कुर्दहरुको नियन्त्रणबाट फिर्ता लिएपछि अमेरिकी विदेश मन्त्रालयले शान्त हुन आह्वान गरेको छ ।

विदेशमन्त्रालयकी प्रवक्ताले थप झडपहरु नगर्न सबै पक्षलाई आह्वान गरेकी छन् । उनले तथाकथित इस्लामिक स्टेट समूहलाई हराउन अझै धेरै गर्नुपर्ने भन्दै इराकी र कुर्द फौजको तनाबले एउटा महत्वपूर्ण उद्देश्यलाई विचलित पारेको बताएकी छिन् । इराकको सरकार फौजले सैन्य कारबाही शुरु गरेको २४ घण्टा नपुग्दै किर्कुकको विवादास्पद सहरलाई कुर्दिस लडाकुहरुको नियन्त्रणबाट फिर्ता लिएका छन् । बख्तरबन्द गाडी सहरको केन्द्रमा प्रवेश गरेको छ र त्यहाँको स्थानीय सरकारको मुख्यालयमा इराकी झण्डा गाडिएको छ । हजारौं सर्वसाधारणहरु त्यहाँबाट अन्यत्र गइसकेका छन् । पहिला सरकारी र कुर्द फौजलाई समर्थन गरिरहेको अमेरिकी सेनाले आफ्ना मतभेदहरुलाई वार्ताको माध्यमले समाधान गर्न पटकपटक आह्वान गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले कुनै पक्ष नलिएको ह्वाइट हाउसमा सञ्चारकर्मीहरुलाई बताउँदै आएका छन् । कुर्दले स्वतन्त्रताको पक्षमा जनमतसंग्रह गरेको हप्तौंपछि इराकी सेना किर्कुकको विवादास्पद क्षेत्र प्रवेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बागबजारमा युवतीको हत्या, पूर्व सैनिक पक्राउ

त्रिशूली नदीमा दुई बालिका बेपत्ता:बिहानैबाट खोजी कार्य सुरु

सम्बन्धित

पाकिस्तानले २० दिनसम्म बन्धक बनाएको बीएसएफ जवानलाई भारतलाई सुम्पियो

उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिकाको निधन, कारण स्पष्ट भएन

युद्धविरामपछि भारत र पाकिस्तानबीच फेरि यस्तो टकराब

भारत-पाकिस्तान युद्धविराममा आफ्नो दाबी दोहोर्‍याउँदै ट्रम्पले भने: मलाई युद्ध मन पर्दैन

सिरियामाथि लगाएको  प्रतिबन्ध हटाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

मिसाइलदेखि ड्रोनसम्म, पाकिस्तानले के–के किन्छ चीनबाट?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com