बैतडीमा जीप दुर्घटना ३ जनाको मृत्यु

2019-05-19 15:53


काठमाडौं, ५ जेठ ।  बैतडीको दशरथचन्द नगरपालिका ११ नानीगाडमा आइतबार दिउँसो
म १ ख ४९२१ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ, तीन जना घाइते भएका छन् । देहिमाण्डौबाट गिरिगाडा जाँदै जीप सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको हो ।दुर्घटनामा दशरथचन्द नगरपालिका १० का ४०–४५ वर्षका हिरा बल्लभ भट्ट र ६०–६५ वर्षकी नरुली भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डीएसपी नेत्रमणि गिरीले जानकारी दिनुभयो । । मृत्यु भएका अर्का एकजना पुरुषको सनाखत भइनसकेको र घाइते रहेका चालकसहित तीनजनालाई जिल्ला अस्पताल बैतडी पठाइएको डिएसपी गिरीले बताउनु्भयो ।

    Comment Here!


सम्बन्धित समाचार

View All