ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनको पटिहानीमा पर्यटक प्रहरी


admin


चितवन ,४ जेठ । सरकारले घोषणा गरेको १०० पर्यटकीय गन्तव्यमध्येको एक पटिहानीमा पर्यटन प्रहरी परिचालन गरिने भएको छ । भरतपुर महानगरपालिका–२२ वडा कार्यालयको पुरानो कार्यालय रहेको स्थानमा पर्यटन प्रहरी कार्यालय राख्न लागिएको हो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले यही जेठ १० गते उक्त कार्यालय शुभारम्भ गरिने बताउनुभयो । उहाँले पर्यटन प्रहरी रहेसँगै आन्तरिक र बाह्य पर्यटकले सुरक्षित महसुस गर्ने र यसबाट पर्यटकको सङ्ख्या बृद्धि हुने अपेक्षा गरिएको जानकारी दिनुभयो ।

वडा नं २२ का अध्यक्ष विष्णुराज महत्तोले प्रहरी सहायक निरीक्षकको नेतृत्वमा छ प्रहरी रहने बताउनुभयो । पश्चिम चितवनको यस क्षेक्रमा अहिले तीन वटा तीन तारे होटल सञ्चालनको त्रममा रहेका, पाँच वटा ठूलो होटल सञ्चालन भइरहेका र साना दुई दर्जनको हाराहारीमा होटल रहेको उहाँले जानकारी दिनुभयो । ती होटलमा ५०० को क्षमता रहेको छ ।

अहिले यस क्षेत्रमा आउने पर्यटकको सङ्ख्यामा अघिल्ला वर्षको तुलनामा २५ प्रतिशले वृद्धि भएको पर्यटन व्यवसायीले बताएका छन् । पर्यटन व्यवसायी गणेश पौडेलका अनुसार अहिले पर्यटकको चाप बढ्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिकै रहेको पटिहानी दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, पाटेबाघलगायत वन्यजन्तु अवलोकनका लागि उत्तम स्थान रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com