ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यार्सापाटनबाट यार्सागुम्बा र नगदसहित २० जना तस्कर पक्राउ


एबीसी न्यूज
जेष्ठ ३, २०७६ शुक्रबार  ४ : ०० बजे


काठमाडौं, ३ जेठ । हिमाली जिल्ला डोल्पाको ढाढाचौर यार्सापाटनबाट अवैध रुपमा छिरेका २० जना यार्सागुम्बा तस्कर पक्राउ परेका छन् ।

सुम्दो चेकपोष्टबाट खटिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका कर्मचारी र नेपाली सेनाको संयुक्त गस्ती टोलीले ढाढाचौर यार्सापाटनबाट १६ पुरुष र चार महिलासहित २० जनाको समूहलाई पक्राउ गरेको निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोदकुमार यादवले जानकारी दिनुभयो । पक्राउ पर्ने सबै जुम्ला जिल्लाका भएको निकुञ्जले जनाएको छ ।

पक्राउ पर्नेमा गोठीचौर गाउँपालिका–१ का जुनबहादुर महतारा, कविता महतारा, सिर्जना ऐडी र सुशीला बस्नेत तथा वडा नं १ २ का सूर्य बोहोरा, बलीबहादुर बोहोरा, एकराज बुढा, मुनवीर बुढा, खुम बोहोरा, मानबहादुर ऐडी, खड्क बोहोरा, कमल बुढा, दलबहादुर थापा, सुशीलादेवी बुढा र कर्ण बुढा रहेका छन् । त्यस्तै तातोपानी गाउँपालिका–८ बस्ने कालीबहादुर थापा, तप्तबहादुर थापा, जनक थापा र निशान थापा तथा पातारासी गाउँपालिका–५ का गोर्ख बुढालाई पनि गस्ती टोलीले पक्राउ गरेको छ ।

उनीहरुबाट १५० ओटा यार्सागुम्बा, नगद रु दुई लाख ८१ हजार, कुटो १८, हँसिया एक थान र मोबाइललगायत सामानहरु बरामद गरिएको निमित्त संरक्षण अधिकृत यादवले जानकारी दिनुभयो । उनीहरु यार्सापाटन खुला गर्ने समय अगावै अवैध रुपमा चोरी–तस्करी गर्ने उद्देश्यले पाटनमा छिरेको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको निकुञ्जले जानकारी दिएको छ । जिल्लास्थित सरोकारवाला निकायको बैठकले यही जेठ १३ मा मात्रै डोल्पाका सम्पूर्ण यार्सा पाटन खोल्ने निर्णय गरेकाले पाटन खुल्नु अगावै चोरी शिकारी गर्ने उद्देश्यले पाटन छिर्ने जो कोहीलाई पक्राउ गरेर कारवाही गरिने निकुञ्जको भनाइ छ ।

वैशाखदेखि हालसम्म नेपाली सेना र निकुञ्जको टोलीले विभिन्न यार्सा पाटनबाट ५२ जना यार्सागुम्बा तस्कर पक्राउ गरिसकेको निकुञ्जले जनाएको छ । यसअघि पनि नेपाली सेनाको गस्ती टोलीले निकुञ्ज क्षेत्रमा पर्ने फेरीगाउँबाट कस्तुरीको छाला र १० वटा पासो बेवारिसे अवस्थामा फेला पारेर निकुञ्जलाई बुझाएको थियो । यार्सागुम्बा सङ्कलन गर्ने समय नजिकिँदै गएकाले निकुञ्ज क्षेत्रभित्रका यार्सा पाटनमा चोरी शिकारी बढ्नसक्ने भन्दै सेना र निकुञ्जका कर्मचारीको संयुक्त गस्ती टोली विभिन्न नाका र यार्सा पाटनमा खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

दुई तिहाइबाट दुई सिट टाढा रास्वपा, नयाँ संसद्को अंकगणित यस्तो

सम्बन्धित

सिरहा बार एसोसिएसन कार्यालयमा विस्फोट, एक कर्मचारी घाइते

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

लामिछानेविरुद्धको अभियोग फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

संखुवासभामा एमालेका अर्जुनकुमार कार्की निर्वाचित

४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com