ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेट्रोलियम पाइप लाइन ओछ्याउन अढाई किमी बाँकी


एबीसी न्यूज

वीरगञ्ज, ३ जेठ । नेपाल–भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको २.५ (अढाइ) किलोमिटर क्षेत्रभित्र जमीनमुनि पेट्रोलियम पाइप लाइन बिछ्याउने काम बाँकी छ । बहुप्रतिक्षित आयोजनाको रूपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइन बिछ्याउने काम धमाधम भइरहेको परियोजना कार्यालय सिमराले जनाएको छ ।

नेपालको ‘लाइफ लाइन’को रूपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ७०.२ किलोमिटर लम्बाइको सो पाइप लाइन बिछ्याउने काम ६७.७ किलोमिटरसम्म सम्पन्न भइसकेको र अब करीब २.५ किलोमिटर क्षेत्रमा मात्र काम बाँकी रहेको बताइएको छ । पाइपलाइन बिछ्याउने क्षेत्रमा करीब नौ किलोमिटर पर्सा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले सो क्षेत्रमा छ हजार ५०० ठूलासाना रुख काटिने काम सम्पन्न भइसकेको छ भने रुखको जरा उखेल्ने काम धमाधम भइरहेको पेट्रोलियम पाइप लाइन विस्तार आयोजना सिमराका इञ्जिनीयर शरद पौडेलले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काटिएका रुखको जरा उखेल्न समस्या भए पनि सो काम तीव्रगतिमा भइरहेको छ ।”

पाइपलाइन विस्तार गर्ने क्रममा निकुञ्ज क्षेत्रभित्र काटिएको रुख भएको ठाउँमा पुनः वृक्षरोपण गर्न नेपाल आयल निगमले निकुञ्जलाई पाँच वर्षसम्मका लागि एक लाख ४७ हजार २०० रुख रोप्न रु एक करोड ३९ लाख ६७ हजार ५२ क्षतिपूर्ति दिएको सहायक संरक्षण अधिकृत अशोककुमार रामले बताउनुभयो । अब २.५ किलोमिटर क्षेत्रभित्र जमीनमुनि पाइप बिच्छ्याउने काम सम्पन्न भएपछि बाँकी रहेका प्रक्रिया पूरा गरी पाइप लाइनबाट पेट्रोलियम पदार्थ आउने विश्वास व्यक्त गरिएको छ । विसं २०७४ चैतको अन्तिम साता भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्तरूपमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको शिलान्यास गरेपछि यसले गति लिँदै जमीनमुनि पाइप ओछ्याउने काम अन्तिम चरणमा पुगेको छ ।

भारतको मोतिहारीदेखि बारा जिल्लाको अमलेखगञ्जसम्म ७०.२ किलोमिटर लम्बाइ भएको सो पाइप लाइन रु २७५ करोडको लागतमा निर्माण भइरहेको छ । जसमध्ये भारत सरकारको रु २०० करोड तथा नेपाल सरकारको रु ७५ करोड लगानी रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन कार्यालय सिमराले जनाएको छ । जमीनमुनि साढे दुई मिटर तल तथा पौने ११ इन्चको माइल स्टिल भन्ने कालो रङ्गको पाइप राखिएकाले खिया भने लाग्दैन । यो परियोजना सञ्चालमा आएपछि नेपाल–भारतको रक्सौल नाकामा देखिने जामको समस्या हटनुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता हटेर जाने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पले यो युद्ध कसरी हार्न सक्छन् ?

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सम्बन्धित

प्रकाशमानलाई कान्छारामको चेतावनी : १५औं महाधिवेशनमा हिसाब-किताब हुन्छ

भक्तपुर नगरपालिकाको बजेट दुई अर्ब ४७ करोड

कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्र हुनुपर्छ- कोइराला

जनमतकी सांसद सुमना शर्माविरुद्ध पक्राउ पुर्जी

अहिलेका अर्थमन्त्री र सहरी विकासमन्त्री फेरि संसद्‌मा नआऊन् भन्दै कांग्रेस सांसदले गरे रोस्ट्रममै प्रार्थना

बजेटमा गणेशमान सिंहको अपमान गरेको भन्दै सहरी विकासमन्त्रीलाई माफी माग्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com