ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन चोरेको आरोपमा प्रधानाध्यापक पक्राउ


admin
जेष्ठ ३, २०७६ शुक्रबार  ११ : १४ बजे

मेलम्ची, ३ जेठ । अभिभावकको घरमा गएर सुन र नगद चोरेको आरोपमा विद्यालयका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ खानीगाउँस्थित श्री भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला जोशीले स्थानीय माया घलेको घरमा पसी मादक पदार्थ सेवन गरी दुई तोलाभन्दा बढी सुन र नगद रु तीन हजार चोरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

लामो समयदेखि सोही स्कूलमा पढाउँदै आएकी जोशीले दिउँसो तीन बजेतिर माया घलेको घरमा पसेर दराजमा भएको सुन चोरेको पीडित घलेले बताउनुभयो । सुन चोरेर भाग्ने क्रममा स्थानीयवासीको सहयोगमा बाटोबाटै नियन्त्रणमा लिएको घलेको भनाइ छ । आफ्नो औँठी लगाएको देखेपछि सुन चोरेको रहस्य खुलेको थियो ।

स्थानीयवासीको सहयोगमा चोरलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाइएको थियो । अभियुक्त जोशी पटकपटक विभिन्न घटनामा संलग्न रहेको आरोप लाग्दै आएको मेलम्ची नगरपालिकाका शिक्षा शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो ।

जोशी कहिले स्कूल जाने त कहिले नजाने गरी काम गर्दै आएको र स्कूल जाँदा पनि मादक पदार्थ सेवन गरेर जाने गरेको स्थानीयवासी गोविन्द घलेको भनाइ छ । जोशीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय मेलम्चीमा राखिएको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

सम्बन्धित

रविलाई पदबाट हटाउन र बालेनमाथि अनुसन्धान थाल्न जेनजीको माग

सुकुमवासी बस्ती हटाउने बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’– रक्षा बम

महान्यायाधीवक्ता कँडेलविरुद्धको रिटमा आज पेसी

आक्रामक शैली, छोटो कार्यकाल : विवादपछि गृहमन्त्री सुधन गुरुङको बहिर्गमन

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com