ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी कामकाज स्थानीय तहबाट हुन थालेपछि …..


admin


काठमाडौं,२ जेठ । सरकारी कामकाज स्थानीय तहबाटै हुन थालेपछि पाल्पाका गाउँमा चहलपहल बढेको छ । मुलुक सङ्घीयतामा गएसँगै सरकारी स्तरबाट हुने कामहरु स्थानीय तहबाटै धमाधम हुन थालेपछि गाउँ गाउँमा चहलपहल बढेको छ भने सदरमुकाम तानसेन बजार क्षेत्र सुनसान देखिएको छ । सङ्घीयता कायम हुनुभन्दा अगाडि साना कामकाजका लागि भएपनि सदरमुकाम तानसेन धाउनुपर्ने बाध्यता थयो ।

दुई तीन दिनको समय खर्चिएर सानो कामका लागि सदरमुकाम नपुगी सुखै थिएन । स्थानीय तहमा बैंक, वित्तीय संस्था, व्यापार, व्यवसाय, उद्योग कलकारखाना खुल्न थालेपछि यसले चहलपहल बढाएको हो । हरेक सेवा सुविधा गाउँबाटै पाइन थालेपछि सदरमुकाम तानसेन धाउनुपर्ने समस्या हटेको निस्दी गाउँपालिका–२ सहलकोटका स्थानीयवासी यमबहादुर मश्राङ्गीको भनाइ छ ।

“कृषि कार्यक्रम सम्झौता, रकम निकासा गर्न, तालीम गोष्ठीका लागि भएपनि सदरमुकाम नै नगई सुखै पाइँदैनथ्यो, अहिले गाउँपालिका कार्यालयबाटै ती काम सजिलैसँग काम भइरहेको छ,” मश्राङ्गीले भन्नुभयो । वडा कार्यालयले कागज प्रक्रिया बनाइदिएपछि गाउँपालिकाको कार्यालयमा फरफारक र रकम निकासा सजिलैसँग भइरहेको उहाँले बताउनुभयो ।

दुई वर्षअघि सम्म सदरमुकाम तानसेनस्थित विभिन्न्न सरकारी कार्यालयमा सेवा लिन जानेको चाप हुन्थ्यो । धेरैजसो सचिवहरु पनि सदरमुकाममा नै केन्द्रित हुँदा गाविसबाटै हुने कामकाजदेखि जिल्लास्तरका कामहरु लिएर नागरिकहरु दुई–चार दिनको समय खर्चिएर सदरमुकाम धाउनुपर्ने अवस्था थियो ।

अहिले स्थानीय तहमा जनप्रतिनिधिले नेतृत्व गरेपछि कर्मचारी पूरै समयावधि कार्यालयमै बसेर सेवा दिइरहेका छन् । सम्बन्धित वडा कार्यालय, नगरपालिका तथा गाउँपालिकाको कार्यालयबाटै सहज रुपमा सेवा पाउन थालेपछि गाउँमै सिंहदरबार आएको अनुभूति नागरिकले गर्न थालेका छन् ।

गाउँमै विभिन्न सेवा सुविधा पाउँदा नागरिकलाई ठूलो राहत मिलेको रामपुर नगरपालिका–६ तिलकपुरका समाजसेवी जयनारायण न्यौपानेले बताउनुभयो । “पहिला कर्मचारी कार्यालय नबस्ने, उनीहरु सदरमुकाम नै बसेर सेवा दिने गर्थे, दुई चार दिनका लागि पैसाको बन्दोबस्त गरेर सदरमुकाम तानसेन पुगेर निकै दुःखसँग कामहरु गर्नुपर्थ्यो, सेवाग्राहीको भीडले कार्यालयमा दिनभर लाइन बस्दा पनि पालो पाइँदैनथ्यो,” उहाँले भन्नुभयो ।

शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताहरु नगरपालिकालाई नै अधिकार दिएको हुँदा सङ्घीयताको अनुभूति गर्दै नागरिकले सहज रुपमा सेवा लिइरहेको रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले बताउनुभयो ।

“सङ्घीयताले पछाडि परेका समुदायलाई अगाडि बढाउन र नागरिकलाई विकासका कार्यक्रम आफैँ छनोट गर्न सक्ने अवस्था सिर्जना गरेको छ,” उहाँले भन्नुभयो । विकास निर्माणका कामका निम्ति साबिक जिविस (हालको जिल्ला समन्वय समिति)मा सेवाग्राहीको ठूलो चाप हुन्थ्यो । कर्मचारीलाई पनि काम गर्न भ्याइनभ्याइ हुन्थ्यो ।

अहिले भने पहिलेको तुलनामा कार्यालय सुनसान बनेको छ । छोराछोरीलाई पढाउन, व्यापार–व्यवसाय गर्न वा सुविधाको खोजीमा शहर–बजार पुगेका मानिसहरु पनि गाउँ फर्किने गरेका छन् । सेवा सुविधाकै लागि बसोबास गर्दै आएका घर, उत्पादनशील जमीन छाडेर शहर–बजार जाँदा गाउँमा केही समय सुनसान छायो ।

अहिले स्थानीय तह सञ्चालनमा आएपछि पुनः शहर बजार छाडेर पुरानै थातथलोमै फर्की गाउँमै कृषि कार्य, विभिन्न व्यापार र व्यवसायमा लाग्न थालेको पाइएको छ । कृषि, पशु, विकास निर्माणका काम गाउँपालिकाको कार्यालयमा नै हुन थालेपछि सेवाग्राहीको चाप बढ्दो रहेको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताउनुभयो ।

रम्भा गाउँपालिकाले सदरमुकामबाट उपलब्ध हुने सेवा गाउँपालिकाको कार्यालयबाटै दिन थालेपछि बसाइँसराइ हुने क्रम रोकिन पुगेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । विकास निर्माणका योजनाका कामहरु वडा कार्यालयबाटै प्रक्रिया पुर्‍याएर फरफारक र पेश्की लिने गरी गाउँपालिका कार्यालयमा जाने व्यवस्था गरिएको उहाँले भन्नुभयो ।

एक हजार छ सय जना ज्येष्ठ नागरिकलाई यसै आर्थिक वर्षमा ज्येष्ठ नागरिक परिचयपत्र पनि वितरण गरिसकेको छ भने अपाङ्गता परिचयपत्र वितरण गर्ने तयारीमा रहेको गाउँपालिकाले जनाएको छ । यातायातको सुविधा गाउँघरमै पुगेपछि सदरमुकाममा उपलब्ध वस्तुहरु सोही मूल्यमा आफ्नै घरपायकमा पाइन थालेपछि त्यहाँका वासिन्दामा अहिले उत्साह देखिएका छन् । सदरमुकामबाट हुने धेरैजसो काम गाउँमै हुने हुँदा सदरमुकामको व्यापार खुम्चिने र गाउँ बस्तीमा चहलपहल देखिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com