ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह


एबीसी न्यूज


काठमाडौं, २ जेठ ।  अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा व्यवसायीलाई आग्रह गर्नुभएको छ । ‘नेपाल–इण्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्सो एण्ड कन्क्लेभ’को आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले वर्तमान सरकारले लगानीको वातावरण बनाएको, नीतिगत सुधारसमेत गरेको तथा उच्च प्रतिफल र सुरक्षाकोसमेत प्रबन्ध गरेकाले लगानीका लागि नेपाल सुगम गन्तव्य भएको बताउनुभयो ।

नेपाल यतिखेर विदेशी प्रविधि र लगानीलाई भिक्र्याएर आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्नेत्रममा रहेको उल्लेख गर्दै अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “हामीले कानूनी व्यवस्थामा आमूल सुधार गरेका छौँ । एकल बिन्दु सेवा केन्द्रसमेत सञ्चालनमा आइसकेको छ । वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानूनसमेत कार्यान्वयनमा आइसकेको छ ।” संसारभर नै लगानीका लागि प्रसिद्ध भइसकेको फ्रेन्चाइज लगानीका लागिसमेत नेपाल उपयुक्त गन्तव्य हुन सक्ने अर्थमन्त्रीको जोड थियो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सन्दर्भमा सेवामूलक उद्योगमा समेत लगानी विस्तार गर्ने सुगम अवसर रहेको बताउनुभयो ।

नेपालको पर्यटन उद्योगमा निजी क्षेत्रको ठूलोमात्रामा लगानी रहेको जानकारी दिँदै अर्थमन्त्री डा खतिवडाले हरेक वर्ष पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएकाले थप लगानी विस्तार गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

सरकारले निकट भविष्यमा नै बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी कानूनसमेत ल्याउने तयारी गरेको उल्लेख गर्दै अर्थमन्त्रीले भन्नुभयो, “बौद्धिक सम्पत्तिको सुरक्षा र ‘प्याटेन्ट राइट’ का विषयमा समेत सरकार गम्भीर छ । बौद्धिक सम्पत्तिको सुरक्षा हुन्छ र गरिन्छ ।” उक्त कानूनको मस्यौदा तयार भइसकेको र सङ्घीय संसद्को चालू अधिवेशनमा नै प्रस्तुत गरिने उहाँको भनाइ थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले सम्मेलनमा नेपाल र भारतका व्यवसायीबीच छलफल हुने भएकाले लगानीका थप अवसरको खोजीका लागिसमेत प्रभावकारी हुने अपेक्षा राख्नुभयो ।

नेपालको पर्यटन, उद्योग, अस्पताल, होटललगायत क्षेत्रमा लगानीको उपयुक्त गन्तव्य भएकाले पनि भारतीय लगानीकर्तालाई लगानी विस्तार गर्न उहाँले आग्रह गर्नुभयो । “नेपालमा हाल दुई तिहाइको बलियो र स्थिर सरकार छ, सरकारको एकमात्रै नारा आर्थिक समृद्धि हो, प्रधानमन्त्रीले त्यसैमा जोड दिँदै आउनुभएको छ । सरकारले सबै क्षेत्रमा निजी क्षेत्रलाई साथमा लिएर जाने प्रतिवद्धता समेत जनाएको छ”, अध्यक्ष राणाले भन्नुभयो ।

नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले नेपालमा फ्रेन्चाइजमार्फत लगानी विस्तार गर्न सकिने विविध क्षेत्र रहेको र युवा जमात त्यसमा आकर्षित हुन सक्ने बताउनुभयो । नेपाल र भारतबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन पनि व्यापारिक सम्बन्धलाई नयाँ आधारमा विस्तार गर्नुपर्ने उहाँको जोड थियो । बुधबारदेखि शुरू भएको उक्त मेलामा व्यापारिक सोच र अवसरका बारेमा समेत जानकारी दिने लक्ष्यका साथ विभिन्न ४७ कक्ष रहेका छन् । कार्यक्रममा फ्रेन्चाइज इण्डियाका प्रधानसम्पादक ऋतु मारिया, फ्रेन्चाइजका जानकार सञ्जिव कपूरले व्यापारिक सोच र त्यसको उपयोगिताका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नाराबाजीबीच गृहमन्त्रीले भने– भिजिट भिसामा मेरो संलग्नता छैन

एसईईको नतिजा यसै वर्ष सुधार हुन्छ- प्रधानमन्त्री

सम्बन्धित

आजको राज्य लथालिङ्ग हुनुको सबै भन्दा बढी जिम्मेवार माओवादी हो – विप्लव

रास्वपाको पार्टी कार्यालयमा नक्कली जाहेरी लेखेको थाहा पाइसकेँ- गृहमन्त्री लेखक

नाराबाजीबीच गृहमन्त्रीले भने– भिजिट भिसामा मेरो संलग्नता छैन

गृहमन्त्रीको राजीनामा माग्दै संसद्‌मा रास्वपाको नाराबाजी

गृहमन्त्रीले बोलिरहँदा बेल घेर्न पुगे रास्वपाका सांसद

तीन दल एक ठाउँमा भएपछि सभामुखले पेलेरै अघि बढाए संसद्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com