झापा ,२ जेठ । झापाको दमकमा केटीलाई जिस्क्याएको निहुँमा एक व्यतिले खुकुरी प्रहार गरेका छन । बुधबार राति दमक ५ का स्थानीय दीपक चौलागाइले खुकुरी प्रहार गर्दा सोही ठाउँका यादव राई र उनकी पत्नी पेमा तामाङ घाइते भएका छन ।
प्रहरीको अनुसार खुकुरी प्रहारबाट राईको टाउकोमा चोट लागेको छ । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको बताइएको छ । राईको श्रीमती पेमालाई सामान्य चोट लागेको बताइएको छ ।
उक्त घटना दमक ५ की बिन्दु थापालाई राईले मोबाएलमा म्यासेज पठाएर अनावश्यक दुःख दिएका कारण बिन्दुकै आग्रहमा चौलागाईले राईमाथि खुकुरी प्रहार गरेको प्रहरीको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्