ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिमेन्ट उद्योगको जग्गा अतिक्रमणकारीबाट मुक्त


admin

उदयपुर ,१ जेठ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६ जलजलेमा अवस्थित नेपाल सरकारको स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो उदयपुर सिमेन्ट उद्योगको जग्गा अतिक्रमण भएपछि प्रहरीले हस्तक्षेप गरी अतिक्रमणकारीबाट जग्गा मुक्त गराएको छ ।

उदयपुर सिमेन्ट उद्योग आसपासको उद्योगको स्वामित्वमा रहेको जग्गा र सगरमाथा लोकमार्गअन्तर्गत आसपासका जग्गामा केही अतिक्रमणकारीले रातिको समयमा टहरा तथा घर निर्माणकार्य शुरु गरेपछि मङ्गलबार प्रहरीले हस्तक्षेप गरेर टहरा निर्माणका सामग्री कब्जा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

केही दिनदेखि निरन्तररूपमा उद्योगको स्वामित्वमा रहेको जग्गा कब्जा हुन थालेपछि झण्डै चार बिघा क्षेत्रफल जग्गामा टहरा धमाधम निर्माण गर्ने र राति–राति केही अतिक्रमणकारी आएर जग्गा कब्जा गर्न थालेको उद्योग प्रशासनले आफूहरुलाई सूचना गरेर जग्गा बचाउन सहयोगको लागि अनुरोध गरेपछि प्रहरीले हस्तक्षेप गरेर जग्गाको सुरक्षा गरेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले बताउनुभयो ।

उदयपुर सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहका अनुसार उद्योगको स्वामित्वमा रहेको गाईघाट–कद्माहा–सगरमाथा सडकमार्गको जलजले सडक आसपासका चार बिघा जग्गा केही अतिक्रमणकारीले अतिक्रमण गर्दै रातिको समयमा भौतिक संरचना निर्माण शुरु गरेको थाहा पाएपछि आफूले प्रहरी प्रशासन गुहारेको बताउनुभयो ।

उद्योग आसपास जलजलेस्थित गाईघाट–कद्माहा–सगरमाथा सडकखण्डको दायाँबायाँ क्षेत्रमा सिमेन्ट उद्योगको बीसौँ बिघा जग्गा छ । उक्त जग्गामा अतिक्रमणकारीले पटक–पटक अतिक्रमण गर्ने प्रयास गर्दै आए पनि प्रहरी प्रशासनले हस्तक्षेप गरेर सुरक्षा गर्ने गरेका कारण कब्जा गर्न सफल भने हुन नसकेको सिमेन्ट उद्योग प्रशासनले जनाएको छ ।

उद्योग करोडौँको सिमेन्ट बिक्री गर्न सफल

उदयपुर सिमेन्ट उद्योगले अहिले दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्दै १२ हजार बोराभन्दा बढी सिमेन्ट दैनिक बिक्री गर्न सफल भएको उद्योग प्रशासनले जनाएको छ । उद्योगका निमित्ति महाप्रबन्धक साहका अनुसार अहिले उद्योगले सफलतापूर्वक दैनिक रु एक करोडभन्दा माथिको सिमेन्ट बिक्री गर्न सफल भइरहेको बताउनुभयो ।

विगतमा सिमेन्ट उत्पादन नियमितरूपमा गर्न विद्युत् कटौती तथा लोडसेडिङको कारण असफल हुँदै आएको उद्योगले अहिले विद्युत् आपूर्ति सहज भएपछि उत्पादन क्षमता पनि फुलफेजमा गरिरहेको र अझ सिमेन्ट बिक्रीमा दिनानुदिन वृद्धि हुँदै गएको उद्योग प्रशासनले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com