ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेशम चौधरी बचाऔं अभियानले ग¥यो आन्दोलनको घोषणा


admin


सप्तरी, २७ बैशाख । अदालतबाट जन्म कैदको सजाय तोकिएका रेशमलाल चौधरीसहित ११ जनाको रिहाईको माँग गर्दै रेशम चौधरी बचाऔं अभियान संघर्ष समितिले तीन दिने थारु राष्ट्रिय प्रशिक्षण भेलामार्फत सात बुँदे घोषणा पत्र र पाँच बुँदे आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ ।

सप्तरीको कंचनरुप नगरपालिकाको बलुवामा सम्पन्न भेलाले सात बुँदे घोषणा पत्र जारि गर्नुका साथै राज थारुको संयोजकत्वमा १ सय १ सदस्यीय राष्ट्रिय संघर्ष समिति गठन गरि पाँच बुँदे आन्दोलन कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

राजविराजमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि समितिले घोषणापत्र र आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो । साँत बुँदे घोषणा पत्रमा टीकापुर घटना छानबिनका लागि पूर्वन्ययाधिश गिरीशचन्द्र लालको नेतृत्वमा गठित आयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्नुपर्ने बताइएको छ ।

थरुहट आन्दोलन तथा टीकापुर घटनाका आन्दोलनकारीमाथी लगाइएको झुठा मुद्दा फिर्ता लिनुपर्ने, थरुहट आन्दोलनका पीडित परिवारलाई आवश्यक क्षतिपूर्ती तथा थरुहट आन्दोलनका क्रममा सरकारसँग भएको सहमति कार्यान्वयन लगायतका मुद्दा अविलम्ब संबोधन गर्नुपर्ने माँग सरकारसँग गरिएको छ ।

यस्तै २८ बैशाखदेखी रेशम चौधरीसहित ११ जनाको रिहाईका लागि दबाब दिन मेची महाकाली जनजागरण अभियान, ५ जेठमा सबै जिल्ला सदरमुकाममा प्रदर्शनसहित प्रधानमन्त्री, गृहमन्त्री र सभामुखलाई ज्ञापनपत्र बुझाउने आन्दोलन कार्यक्रम सार्वजनिक गरिएको छ ।

पाँच बुँदे आन्दोलन कार्यक्रम अन्तरगत जेठ महिनाभर प्रदेशस्तरिय तथा काठमाडौं केन्द्रित जनसभा, मानवअधिकार आयोग, कुटनीतिक आयोग, राजनीतिक दल तथा अन्य सरोकारवालालाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम तय गरिएको छ । तीन दिनसम्म चलेको भेलामा बाँके, बर्दिया, कैलाली, कंचनपुर, दाङ्ग, कपिलबस्तु, चितवन, बारा, पर्सा, नवलपरासी, मकवानपुर, सुनसरी, मोरङ्ग, झापा र सप्तरी लगायतका जिल्लाका थारु कल्याणकारी सभा र नौं वटा भातृ संगठनका प्रतिनिधी तथा थारु अगुवाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com