ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डढेलाले ८ सय हेक्टर वनमा क्षती


admin

कञ्चनपुर,२७ बैशाख । कञ्चनपुरमा डढेलाका कारण ८०० हेक्टर वन क्षेत्रमा नोक्सानी भएको छ । चुरे क्षेत्रका वन क्षेत्रमा डढेलोका कारण अधिक क्षति पुगेको छ ।

डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार हालसम्म भीमदत्त नगरपालिकाको ब्रह्मदेव, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर र लालझाडी क्षेत्रका वनमा डढेलो लाग्दा पुनः उत्पादन भएका बिरुवा, चराचुरुङ्गी, संरक्षित जनावरको बास नासिएको छ । लामो समयसम्म वर्षा नहुँदा वन क्षेत्रमा रहेका झाडी, रुखका सुकेका पातमा आगो सल्किँदा बढी डढेलोको प्रकोप खेप्नुपरेको डिभिजन वन कार्यालय कञ्चनपुरका डढेलो नियन्त्रणको कार्यमा संलग्न रेञ्जर शिवराज अवस्थीले बताउनुभयो ।

डढेलोका कारण सबैभन्दा बढी लालझाडी गाउँपालिकाको रतसेमा सुकेका सय बढी रुखको टुप्पोसम्म आगो लाग्दा निभाउनका लागि दमकलको प्रयोग गरे पनि नियन्त्रण गर्न नसकिएको उहाँले बताउनुभयो । हावाहुरीका कारण सुकेका एक रुखको टुप्पोबाट अर्को रुखको टुप्पोमा आगो सल्किँदा निभाउन गाह्रो भएपछि १७ वटा रुख ढालेर नियन्त्रण गर्नुप¥यो रेञ्जर अवस्थीले भन्नुभयो, “दुई÷तीन दिनको प्रयासपछि डढेलो नियन्त्रणमा आएको छ ।”

ढालेका रुख सवडिभिजन वन कार्यालयको मातहतमा रहने गरी घाटगद्दीमा राखिएको उहाँको भनाइ छ । डढेलोबाट बेदकोट नगरपालिका–३ मा रहेको सामुदायिक वनमा टिम्बर कर्पोरेसनले घाटगद्दीमा राखेको काठ र दाउरा जलेर नोक्सानी भएको छ । सुक्खायाम लम्बिँदा डढेलोका घटना बढेका हुन ।

डढेलो नियन्त्रणका लागि नेपाली सेना, डढेलो नियन्त्रण दलले सघाउ पु¥याउँदै आएका छन् । डढेलो नियन्त्रणका लागि नेपाली सेनाले पनि साथ दिएको डिभिजन वन कार्यालयका रेञ्जर अवस्थीले भन्नुभयो, “डढेलो लागेको खबर आएपछि नेपाली सेनालाई गुर्हाछौँ । जुनसुकै बेला पनि आएर नियन्त्रणमा सघाउ पु¥याउने गरेका छन् ।”

वन कार्यालयले रु दुई लाख खर्चेर फायर प्रुफ ज्याकेट (जम्प सुट), स्वाटर, रेक वे, ब्याग प्याक, मास्क, पञ्जा, हेल्मेटको व्यवस्था गरी छ वटा डढेलो नियन्त्रण गर्ने टोलीलाई तालीमसहित डढेलो लागेका क्षेत्रमा परिचालन भएका छन् । टोलीको सक्रियताका कारण डढेलो लागेको धेरै वन क्षेत्र जोगाउन सकिएको रेञ्जर अवस्थीले बताउनुभयो ।

डढेलो नियन्त्रणमा सक्रिय शुक्लाफाँटा नगरपालिका–८ मा रहेको वैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महरा डढेलोका कारण चुरे क्षेत्रमा व्यापक क्षति पुगेको बताउनुहुन्छ । उहाँका अनुसार ढलापडा रुख समयमै सङ्कलन गर्न नसक्दा धेरै रुख जलेर करोडौँको नोक्सानी भएको छ । “वन क्षेत्रमा संरक्षित जनावरको बासस्थान डढेलोले गर्दा नासिएपछि जनावर बस्ती क्षेत्रमा पुग्न थालेका छन्”, उहाँले भन्नुभयो, “जनावर र मानवीय द्वन्द्व बढ्न थालेपछि जनावर मारिने सम्भावना बढेर गएको छ ।

” विकट चुरे क्षेत्रमा पुग्नै मुश्किल, पुग्न सके पनि हावाहुरी कारण डढेलो नियन्त्रण गर्न निकै गाह्रो हुने गरेको उहाँको भनाइ छ । चोरी शिकारीले शिकार गर्नेक्रममा, गाईबस्तु चराउने गोठाला, वन क्षेत्र अतिक्रमण गर्ने र माहुरीको मह खोज्नेले वन क्षेत्रमा आगो लगाउँदा डढेलोको प्रकोप निम्तिने गरेको छ ।

वन छेउ छाउका बासिन्दालाई वन क्षेत्रमा डढेलो लाग्नअगावै अपनाउनु पर्ने सावधानीका बारेसमेत सचेतना गर्ने कार्य, वन क्षेत्रमा डढेलो लाग्ने कार्यबाट बचाउन चुरोट, बिँडीका ठुटा खाएर नफाल्ने, लाइटर र सलाइको प्रयोग नगर्न सर्वसाधारणलाई एफएम रेडियो, पत्रपत्रिका र पर्चा पम्पलेटमार्फत सन्देश पु¥याउने कार्य गरिएको छ ।

डिभिजन वन कार्यालयका अनुसार गत वर्ष एक हजार २०० हेक्टर वन क्षेत्रमा डढेलो लागेको थियो । यस वर्षको अहिलेसम्म ८०० हेक्टर वन क्षेत्र डढेलोको चपेटामा परेको छ । यसैगरी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको वर्कोला र पूर्वी सेक्टर क्षेत्रमा डढेलो लाग्दा चराचुरुङ्गीको बासस्थान, पुनःउत्पादन भएका बिरुवा, बोट बुट्यानमा क्षति पुगेको छ । एक अध्ययनअनुसार वन क्षेत्रमा प्राकृतिक कारणले चार, मानवीय कारणले ६४ र भवितव्यबाट ३२ प्रतिशत डढेलो लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मोदीको एघार वर्ष; चौतर्फी असफलता र निराशा एक समीक्षा : पी चिदम्बरम

सहकारी ठगी प्रकरणमा रविसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता

सम्बन्धित

रोष्ट्रमबाटै प्रभु साहले गरे सभामुखसँग सवालजवाफ

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड

इजरायलमा ५५ सय र इरानमा रहेका १२ जना नेपाली सुरक्षित छन्- परराष्ट्र मन्त्रालय

काठमाडौँको पासिकोटमा भारतीय नागरिकसँगै नेपाली युवती मृत फेला

रास्वपाको नाराबाजीबीच सवा ३ घण्टा चल्यो संसद् बैठक

आर्थिक बर्ष सकिन १ महिना मात्रै बाँकी रहँदा पूँजीगत खर्च ४० प्रतिशत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com