ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्तरीको छुट्टाछुट्टै घटनामा दुईको मृत्यु


admin


सप्तरी,२५ बैशाख । सप्तरीको छुट्टाछुट्टै घटनामा आज एक बालिकासहित दुईको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा आज सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिका–५ वनरझुलाका रन्जितकुमार रायको नौ महीने छोरी प्रियाकुमारी राय रहेको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिनुभयो । स्थानीय दिनेशकुमार राय (ठूलो बुबा)को घर आँगनमा खेल्ने क्रममा दुलोभित्र बालिकाले दाहिने हात हाल्दा विषालु सर्प गोमनले उनलाई टोकेको थियो ।

सर्पका टोकाइबाट गम्भीर घाईते भएका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यस्तै सप्तरीको रुपनी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ ।

रुपनी बजारबाट–राजविराजतर्फ जाँदै गरेको स६प १८७२ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री सोही ठाउँका ४५ वर्षीय महेन्द्र यादवको आज मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाईते भएका यादवको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकलसहित त्यसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com