ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैदी बन्दीबीच कुटाकुट : ५ जना घाइते


admin

दाङ,२० बैशाख । दाङको घोराही स्थित कारागार भित्र रहेका भाई नाईके र कैदी बन्दीबीच कुटाकुट हुँदा ५ जना घाईते भएका छन् ।

घाईते मध्ये ४ जनाको टाउकोमा चोट लागेको छ, भने १ जनाको हात भाचिएको कारागार शाखाले जनाएको छ । शुक्रबार २ वजे एकाएक झडप भएको थियो । घाईते ४ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरि हाल कारागार मै राखिएको छ ।

एक जना घाईतेको कुमको हड्डी भाँचिएको आशंकामा उपचारका लागि प्रतिष्ठानमै राखिएको छ । कारागारका नाईके र कैदीबन्दी बीच आन्तरिक व्यवस्थापनका विषयमा कुरा नमिल्दा झडप भएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो । भाई नाईकेले कैदिबन्दीहरुलाई समान व्यवहार नगरेको भन्दै विवाद भएपछि झडपमा परिणत भएको बताईएको छ ।

नाईकेको व्यवहार समान नभएपछि समुह नै बनाएर विवाद भएको र कुटाकुट भएको हो । नाईकेले समान व्यहार नगर्ने, सेवा सुबिधा उपभोगमा बिभेद गर्ने, बोलि व्यवहारमा दवाउने जस्ता कार्यहरु भएपछि पिडितहरुले समुह नै बनाएपछि झडपको स्थिती आएको बताईएको छ ।

कारागार ऐन २०१९ अनुसार जघन्य अपराध नगरेको, निश्चित कैद भुक्तान गरेको र आचरण राम्रो भएको कैदिलाई नाईकेको जिम्मेवारी कारागार प्रशासनले दिने अधिकार छ । यसैविच कैदिबन्दीहरु बिच भएको कुटाकुटको विषयमा छानविन गर्न जिल्ला प्रशासन कार्यालयले तीन सदस्य समिति गठन गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत अमरराज शर्माको नेतृत्वमा नेपाल प्रहरी र शसस्त्र प्रहरीका प्रहरी निरीक्षक एक एक जना गरि ३ सदस्यिय छानविन समिति गठन भएको हो । समितिले ३ दिन भित्र घटनाका बारेमा सत्यतथ्य बाहिर ल्याउने अधिकार पाएको छ ।

हाल घोराही कारागारमा ३ सय बढी कैदीबन्दीहरु बस्दै आएका छन् । ७० जनाको क्षमता रहेको कारागारमा अहिले ३ सय १७ जना कैदी बन्दी बस्दै आएको जेलर विष्णु पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com