ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोटीमा खानेपानीका लागि बस्ती सार्दै स्थानीय


admin

डोटी, २० वैशाख । डोटीमा खानेपानी समस्या समाधानका लागि स्थानीयवासी बस्ती सार्दैछन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ । गर्मी बढेसँगै यहाँको जोरायल गाउँपालिका–३ थलीगाउँका बासिन्दा धामधम बस्ती सार्न थालेका हुन् । गाउँमा पानीका मुहान भटाभट सुकेका छन् ।

गाउँबाट करीब एक घण्टाको दूरीमा खोप्चेपानी र पूर्वेली मुहान भए पनि पानी पर्याप्त नहुँदा उनीहरु बस्ती नै सार्न थालेका हुन् । झिसमिसे बिहानैबाट स्थानीय मुहानबाट चुहिने पानी सङ्कलन गरेर गुजारा गरिरहेका छन् ।

करीब ४५ परिवार भने पानीको समस्या झेल्न नसकेर बस्ती नै सरेर ठुलीगाडमा झरेको स्थानीयवासी कृष्णा थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “पानीको अभाव झेल्न नसकेर थलीगाउँको बस्ती वर्षेनी गर्मीयाममा ठुलीगाडमा आउन थालेको चार दशक हुन लागेको छ, पानीकै लागि बस्ती सारिँदैछ, पानीको पहल हुनसकेको छैन ।”

पानीको अभाव झेल्न नसकेर थलीगाउँको बस्ती वर्षेनी गर्मीयाममा ठुलीगाडमा आउन थालेको चार दशक हुन लागेको ठुलीगाडस्थित विपीनगरका स्थानीय रोज कलेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गर्मीयाममा पानीका मुहान सुक्ने भएपछि थलीगाउँका स्थानीयवासी पानी नहुँदा ठुलीगाड आउने गरेको लामो समय भएको छ, पानीको पहल हुन सकेको छैन ।” खानेपानीका लागि थुप्रै निकायमा पहल गरे पनि अहिलेसम्म योजनामा नपरेको थलीगाउँका स्थानीयवासीको आरोप छ । उनीहरुका अनुसार पानीका लागि वर्षेनी बस्ती सार्नुपरेको छ, कसैले पहल गर्दैनन् ।

“पानीका लागि कसको खुट्टामा ढोगेनौँ, कुन नेताकहाँ पुगेनौँ”, स्थानीय ऐनबहादुर मगरले चित्त दुखाउँदै भन्नुभयो, “दशकौँदेखि हाम्रा समस्या उस्तै छन्, हाम्रो पुस्ता त दुःखमै बित्यो, अर्को पुस्ताले पनि पानीको कष्ट भोग्ने छ ।” थलीगाउँमा मगर समुदायको बसोबास छ ।

अहिले ३५ परिवारका २५० जनसङ्ख्या अझै थलीमा छन् । विसं २०५८ मा हेल्भेटास संस्थाले वर्षातको पानी सङ्कलन गर्ने घैँटा बनाइदिएको छ । तर घैँटा चुहिने भएकाले वर्षात् सकिएसँगै पानीको हाहाकार शुरु हुन्छ भने अर्कोतिर सङ्कलित पानी पिउँदा अधिकांश गाउँलेमा कमलपित्त रोग देखिने गरेको स्थानीयवासी बताउँछन् ।

जोरायल गाउँपालिकास्थित नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष सुरज रोकामगरले खानेपानीको अभावले विभिन्न क्षेत्रमा असर पर्दै गएको बताउनुभयो । उहाँका अनुसार पढ्ने विद्यार्थीसमेत समस्यामा परेको बताउनुभयो । गाउँमा पानी नहुँदा स्थानीयवासी बिहानैदेखि करीब दुई घण्टा टाढाको दूरीमा रहेको सकिनाखोलाको पानीले गुजारा चलाइरहेको बताइएको छ ।

उता जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले भन्नुभयो, “पानीको मुहान टाढा छ, गाउँमा पानीको ठूलै समस्या भएकाले योजनाका लागि प्रदेश सरकारलगायतका सरोकारवाला निकायमा पहल शुरु गरेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com