ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली चिनीले बजार नपाएपछि ..


admin

काठमाडौं,१९ बैशाख । नेपाली चिनीले बजार नपाएपछि पश्चिम नवलपरासीका चिनी उद्योगमा उत्पादनमा भएको करोडौँ मूल्य बराबरको चिनी गोदाममा थन्किएको छ ।

अघिल्लो वर्ष साल्ट ट्रेडिङले विदेशबाट भित्र्याएको चिनी अझै बजारमा रहेको र नेपाली उद्योगबाट उत्पादित चिनीले विदेशबाट आयात भएको चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा उत्पादित चिनी बिक्री नभएको उद्योगको भनाइ छ ।

पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको इन्दिरा चिनी उद्योगमा अहिले करीब ४२ हजार बोरा (२१ हजार क्विन्टल) चिनी बिक्री नभएर गोदाममा थन्किएको उद्योगका बिक्री शाखा प्रमुख दुर्गाप्रसाद चतुर्वेदी बताउनुहुन्छ ।

अहिलेको अवस्थामा नेपाली चिनी उद्योगले विदेशबाट भित्रिएको चिनीसँग बजार भाउमा प्रतिस्पर्धा गर्न नसक्नु र वर्तमान चिनीको मूल्यअनुसार बिक्री गर्न उद्योग पक्षलाई निकै चुनौती देखिएको उद्योगको तर्क छ ।

वर्तमान मूल्यलाई बढाएर सरकारले चिनीको मुल्य प्रतिकेजी भ्याटसहित रु ७८ कायम गरे मात्र नेपाली उद्योगमा उत्पादित चिनीले बजार पाउनसक्ने अवस्था रहने चतुर्वेदीको भनाइ छ । हाल चिनीको बजार मूल्य प्रतिकेजी रु ६८ देखि रु ७० रहेको उद्योगले बताएको छ । सरकारले जसरी उखुको मूल्य निर्धारण गरेको छ सोहीअनुसार उद्योगको लागतको आधारमा चिनीको मूल्य निर्धारण गर्नुपर्ने उहाँले बताउनुभयो ।

उखु पूर्ण गुणस्तरीय नहुँदा चिनी उद्योगमा उखुबाट निस्कने चिनीको मात्रा कम हुनु, नेपाली उद्योगमा उत्पादित चिनीको लागत बढी रकम पर्न जाँदा सहजैरुपमा विदेशी चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा उत्पादित चिनी अहिले बिक्री नभएर थन्किएको हो । यसैगरी पश्चिम नवलपरासीको कुडियास्थित बाग्मती चिनी उद्योगमा पनि अहिले करीब ५२ हजार क्विन्टल तयार गरिएको चिनी बिक्री नभएर थन्किएको अवस्था रहेको उद्योगले जनाएको छ ।

साल्ट ट्रेडिङले अघिल्लो वर्ष विदेशबाट मगाएको चिनी अझै बजारमा बिक्री गरिरहेको छ । यस्तो अवस्थामा नेपाली उद्योगमा उत्पादन भएको चिनी महँगो पर्न गई हालको अवस्थामा नेपाली चिनीले बजार पाउन नसकेको उद्योगका उखु महाप्रबन्धक गोपाल सापकोटा बताउनुहुन्छ ।

यस उद्योगमा पनि अहिले तयारी अवस्थामा रहेको धेरै चिनी बिक्री भएको छैन । नेपाल सरकारको उखु उत्पादनसम्बन्धी प्रभावकारी योजना नहुँदा उखु किसान र उद्योग दुवै मर्कामा पर्दै आएको उद्योगको तर्क छ । सापकोटाले नेपाललाई चिनीको क्षेत्रमा आत्मनिर्भर बनाउन सक्ने अवस्था रहेको बताउनुभयो ।

उहाँले यसका लागि सरकारले उखु उत्पादनसम्बन्धी प्रभावकारी नीति ल्याएर किसान र उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । पश्चिम नवलपरासीमा इन्दिरा, बाग्मती, लुम्बिनी र मोहिनी गरी चार ठूला चिनी उद्योग रहेका छन् ।

यसमध्ये यस वर्ष इन्दिरा र बाग्मती चिनी उद्योग मात्र अहिलेसम्म सञ्चालनमा रहेका छन् । मोहिनी चिनी उद्योग वर्षौंदेखि सञ्चालन हुनसकेको छैन भने लुम्बिनी चिनी उद्योग पनि यस वर्ष केही समय सञ्चालनमा आएर पुनः बन्द रहेको अवस्था छ । यसअनुसार लुम्बिनी चिनी उद्योगमा पनि केही चिनी उत्पादन भएर थन्किएको बताइएको छ ।

तीस देखि ३५ लाख क्विन्टल उखु उत्पादन हुँदै आएको पश्चिम नवलपरासीमा यस वर्ष करीब १८ देखि २२ लाख क्विन्टल मात्र उखु उत्पादन भएको अनुमान गरिएको छ । ढिलो गरी चिनी उद्योग सञ्चालनमा आएका कारण र जिल्लामा रहेका सबै चिनी उद्योग समयमै सञ्चालनमा नआउँदा किसानको केही उखु क्रसिङ हुन न

पूर्ण गुणस्तरीय नहुँदा चिनी उद्योगमा उखुबाट निस्कने चिनीको मात्रा कम हुनु, नेपाली उद्योगमा उत्पादित चिनीको लागत बढी रकम पर्न जाँदा सहजैरुपमा विदेशी चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा उत्पादित चिनी अहिले बिक्री नभएर थन्किएको हो । यसैगरी पश्चिम नवलपरासीको कुडियास्थित बाग्मती चिनी उद्योगमा पनि अहिले करीब ५२ हजार क्विन्टल तयार गरिएको चिनी बिक्री नभएर थन्किएको अवस्था रहेको उद्योगले जनाएको छ ।

साल्ट ट्रेडिङले अघिल्लो वर्ष विदेशबाट मगाएको चिनी अझै बजारमा बिक्री गरिरहेको छ । यस्तो अवस्थामा नेपाली उद्योगमा उत्पादन भएको चिनी महँगो पर्न गई हालको अवस्थामा नेपाली चिनीले बजार पाउन नसकेको उद्योगका उखु महाप्रबन्धक गोपाल सापकोटा बताउनुहुन्छ ।

यस उद्योगमा पनि अहिले तयारी अवस्थामा रहेको धेरै चिनी बिक्री भएको छैन । नेपाल सरकारको उखु उत्पादनसम्बन्धी प्रभावकारी योजना नहुँदा उखु किसान र उद्योग दुवै मर्कामा पर्दै आएको उद्योगको तर्क छ ।

सापकोटाले नेपाललाई चिनीको क्षेत्रमा आत्मनिर्भर बनाउन सक्ने अवस्था रहेको बताउनुभयो । उहाँले यसका लागि सरकारले उखु उत्पादनसम्बन्धी प्रभावकारी नीति ल्याएर किसान र उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

पश्चिम नवलपरासीमा इन्दिरा, बाग्मती, लुम्बिनी र मोहिनी गरी चार ठूला चिनी उद्योग रहेका छन् । यसमध्ये यस वर्ष इन्दिरा र बाग्मती चिनी उद्योग मात्र अहिलेसम्म सञ्चालनमा रहेका छन् । मोहिनी चिनी उद्योग वर्षौंदेखि सञ्चालन हुनसकेको छैन भने लुम्बिनी चिनी उद्योग पनि यस वर्ष केही समय सञ्चालनमा आएर पुनः बन्द रहेको अवस्था छ । यसअनुसार लुम्बिनी चिनी उद्योगमा पनि केही चिनी उत्पादन भएर थन्किएको बताइएको छ ।

तीस देखि ३५ लाख क्विन्टल उखु उत्पादन हुँदै आएको पश्चिम नवलपरासीमा यस वर्ष करीब १८ देखि २२ लाख क्विन्टल मात्र उखु उत्पादन भएको अनुमान गरिएको छ । ढिलो गरी चिनी उद्योग सञ्चालनमा आएका कारण र जिल्लामा रहेका सबै चिनी उद्योग समयमै सञ्चालनमा नआउँदा किसानको केही उखु क्रसिङ हुन न

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com