ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजराईल पनि युनेस्कोबाट अलग हुदै


admin

काठमाण्डौं, २७ असोज । अमेरिकाले राष्ट्रसंघीय निकाय युनेस्कोबाट अलग हुने घोषणा गरेको केही घण्टा नबित्दै इजरेलले पनि बाहिरिने बताएको छ ।

इजरेली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले अमेरिकी निर्णयको स्वागत गर्दै त्यसलाई ’बहादुरीपूर्ण’ र ’नैतिकताले भरिएको’ भनेका छन् । युनेस्कोकी प्रमुख इरिना बोकोभाले युनेस्कोबाट अमेरिका अलग हुनु ’अति दुःखको विषय’ भएको प्रतिक्रिया दिएकी छिन् । युनेस्कोबाट अलग हुने अमेरिकी निर्णय सन् २०१८ डिसेम्बर अन्त्यतिर कार्यान्वयनमा आउनेछ । त्यसअघिसम्म अमेरिका युनेस्कोको पूर्ण सदस्यकै रुपमा रहिरहनेछ ।

अमेरिकाले पेरिसस्थित मुख्यालय रहेको युनेस्कोबाट आफ्नो प्रतिनिधित्व विस्थापित गर्नका निम्ति एउटा पर्यवेक्षण मिसन खटाउने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । इजरेली प्रधानमन्त्री नेतन्याहुले ट्वीट गर्दै अमेरिकाले जस्तै युनेस्कोबाट अलग हुने प्रक्रिया समानान्तर रुपमा थाल्न अफ्नो विदेश मन्त्रालयलाई निर्देशन दिएको बताएका छन् । अमेरिका र इजरेलले युनेस्कोका केही निर्णयहरुलाई विरोध गर्दै आएको पृष्ठभूमिमा उनीहरुले पछिल्लो निर्णय गरेका हुन् ।

युनेस्कोले सन् २०११ मा प्यालेस्टाइनलाई पूर्ण सदस्यता दिने निर्णय गरेपछि त्यसको विरोधमा अमेरिकाले उक्त निकायलाई दिंदै आएको सहायतामा कटौती गरेको थियो । गत वर्ष युनेस्कोले जेरुसलेमस्थित महत्वपूर्ण पवित्रस्थलसंग यहुदीहरुको कुनै सन्दर्भ नजोडिएको एउटा विवादास्पद प्रस्ताव अंगीकार गरेपछि इजरेलले उससंगको सहकार्य तोडेको थियो । जेरुसलेमस्थित पवित्रस्थलहरुमा र वेस्ट ब्यांकमा इजरेलले गर्दै आएका गतिविधिहरुको समेत आलोचना गरेको थियो । यसै वर्षको शुरुतिर युनेस्कोले वेस्ट ब्यांकस्थित ’ओल्ड सिटी अफ हिब्रोन’लाई प्यालेस्टिनी विश्व सम्पदा सूचीमा राख्ने घोषणा गरेकोमा नेतन्याहुले निन्दा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com