ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रमिकको अधिकार सुनिश्चित हुनुपर्छ : नेता सिटौला


admin
बैशाख १८, २०७६ बुधबार  १२ : २४ बजे

विराटनगर, १८ वैशाख । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको संविधानबाट मजदूरले पाउने अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभएको छ ।

नेपाल ट्रेड युनियन काङ्ग्रेस र मोरङ समितिद्वारा १३०औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । नेता सिटौलाले मुलुकलाई समृद्धिको बाटौमा लैजान श्रमिकको हक र अधिकार सुनिश्चित हुनुपर्छ भन्नुभयो ।

उहाँले स्वतन्त्र न्यायालयको मर्म माथि कसैले पनि प्रहार गर्नु राम्रो होइन भन्दै सरकारलाई श्रमिकको पक्षमा उभिन आग्रह गर्नुभयो । काङ्गे्रसका केन्द्रीय सदस्य अमृत अर्यालले मुलुकको हरेक आन्दोलनलाई उचाइमा पु¥याउन मजदूरको भूमिका अग्रणी छ भन्दै मजदूरको मागलाई सरकारले सकारात्मक रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल ट्रेड युनियन काङ्ग्रेसका महासचिव ज्योति कोइरालाले उत्पादन र उत्पादकत्व बढाउन मजदूरको माग पूरा हुनुपर्छ भन्नुभयो । प्रदेश नं १ प्रदेशसभा सदस्य एवं काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले असङ्गठित मजदूरको माग सम्बोधन नभइरहेकाले उनीहरु श्रमशोषणको शिकार भइरहेको चर्चा गर्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले श्रमिक ऐन–२०७४ पारित भए पनि मजदूरका समस्या समाधान हुन नसक्नु दुःख लाग्दो छ भन्नुभयो । कार्यक्रममा नेपाल ट्रेड युनियन काङ्ग्रेस मोरङका अध्यक्ष सुशील कोइराला, मजदूर नेता श्रीप्रसाद साह, बेनु सिग्देल र नारायणबाबु कार्कीले पनि राष्ट्रको अर्थतन्त्रका ठूलो भूमिका निर्वाह गर्ने मजदूरको समस्यामा सरकार गम्भीर बन्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

सम्बन्धित

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले भन्यो– प्रतिरक्षाका लागि जे गर्न पनि तयार छौं

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले सरकारलाई छलफलमा झिकायो

ब्रेन क्यान्सरबाट पीडित वडाध्यक्ष विष्टको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com