ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिष्ट नेता डिबी सिंहको अन्त्येष्टि


admin

काठमाडौ,१६ बैशाख । कम्युनिष्ट नेता दुर्गाबहादुर सिंह केसी (डिबी सिंह) को आज नारायणी नदीमा अन्तिम दाहसंस्कार गरिएको छ ।

विसं २००३ मा प्यूठानको लुङमा जन्मनुभएका सिंहको ७३ वर्षको उमेरमा शनिबार साँझ ६ बजे उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा निधन भएको हो । उहाँ मुटु र दम रोगले ग्रसित हुनुहुन्थ्यो ।

उहाँका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । विसं २०१३ मा कम्युनिष्ट आन्दोलनमा प्रवेश गर्नुभएका सिंहले विसं २०१९ मा कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो । स्वर्गीय नेता सिंह विसं २०१५ मा मोहनविक्रम सिंह उम्मेदवार भएको चुनावमार्फत कम्युनिष्ट आन्दोलमा खटिनुभएको थियो । उहाँ विसं २०३२ मा सर्वाहारावादी क्रान्तिकारी कम्युनिष्ट सङ्गठनमा आबद्ध हुनुभएको थियो ।

विसं २०३८ मा उहाँले केशव बडाललगायतका नेतालाई लिएर मजदुर किसान सङ्गठनको नेतृत्व गर्नुभएको थियो । तत्कालीन नेकपा मालेमा एकीकरण भएपछि उहाँ विसं २०३९ मा कुन्दनको नामले केन्द्रीय सदस्य बन्नुभएको थियो । उहाँ छोटो समय लुम्बिनी क्षेत्रको इन्चार्जसमेत हुनुभएको थियो ।

फरक विचार राखेर सिंह विसं २०४५/४६ पछि तत्कालीन मालेबाट अलग हुनुभयो । राजनीतिसँगै उहाँ पछिल्लो समय पर्यावरण संरक्षणको अभियानमा क्रियाशील हुुनुहुन्थ्यो । नेता केसीको निधनले नेपालको कम्युनिष्ट आन्दोलनमा जुझारु, लगनशील र क्रयाशील नेता गुमाएको नेकपाका केन्द्रिय सदस्य देवी ज्ञवालीले बताउनुभयो । उहाँको उर्वर समय र जीवन नेपालको राजनीतिक आन्दोलनमा समर्पित भएको ज्ञवालीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com