ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिष्ट नेता डिबी सिंहको अन्त्येष्टि


admin
बैशाख १६, २०७६ सोमबार  ४ : २० बजे

काठमाडौ,१६ बैशाख । कम्युनिष्ट नेता दुर्गाबहादुर सिंह केसी (डिबी सिंह) को आज नारायणी नदीमा अन्तिम दाहसंस्कार गरिएको छ ।

विसं २००३ मा प्यूठानको लुङमा जन्मनुभएका सिंहको ७३ वर्षको उमेरमा शनिबार साँझ ६ बजे उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा निधन भएको हो । उहाँ मुटु र दम रोगले ग्रसित हुनुहुन्थ्यो ।

उहाँका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । विसं २०१३ मा कम्युनिष्ट आन्दोलनमा प्रवेश गर्नुभएका सिंहले विसं २०१९ मा कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो । स्वर्गीय नेता सिंह विसं २०१५ मा मोहनविक्रम सिंह उम्मेदवार भएको चुनावमार्फत कम्युनिष्ट आन्दोलमा खटिनुभएको थियो । उहाँ विसं २०३२ मा सर्वाहारावादी क्रान्तिकारी कम्युनिष्ट सङ्गठनमा आबद्ध हुनुभएको थियो ।

विसं २०३८ मा उहाँले केशव बडाललगायतका नेतालाई लिएर मजदुर किसान सङ्गठनको नेतृत्व गर्नुभएको थियो । तत्कालीन नेकपा मालेमा एकीकरण भएपछि उहाँ विसं २०३९ मा कुन्दनको नामले केन्द्रीय सदस्य बन्नुभएको थियो । उहाँ छोटो समय लुम्बिनी क्षेत्रको इन्चार्जसमेत हुनुभएको थियो ।

फरक विचार राखेर सिंह विसं २०४५/४६ पछि तत्कालीन मालेबाट अलग हुनुभयो । राजनीतिसँगै उहाँ पछिल्लो समय पर्यावरण संरक्षणको अभियानमा क्रियाशील हुुनुहुन्थ्यो । नेता केसीको निधनले नेपालको कम्युनिष्ट आन्दोलनमा जुझारु, लगनशील र क्रयाशील नेता गुमाएको नेकपाका केन्द्रिय सदस्य देवी ज्ञवालीले बताउनुभयो । उहाँको उर्वर समय र जीवन नेपालको राजनीतिक आन्दोलनमा समर्पित भएको ज्ञवालीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

सम्बन्धित

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले भन्यो– प्रतिरक्षाका लागि जे गर्न पनि तयार छौं

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले सरकारलाई छलफलमा झिकायो

ब्रेन क्यान्सरबाट पीडित वडाध्यक्ष विष्टको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com