ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नर्स आन्दोलनमा उत्रिएपछि…


admin
बैशाख १३, २०७६ शुक्रबार  ११ : २१ बजे

भादगाउँ, १३ वैशाख । नर्सिङ सङ्घ एकाइ भक्तपुर र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनद्वारा विभिन्न छ बुँदे माग राखी आन्दोलनमा उत्रिएपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा प्रभावित भएको छ ।

सम्पूर्ण कर्मचारीको तलब समयमै दिनुपर्ने, विभिन्न तालीम, गोष्ठीमा पुराना कर्मचारीलाई पनि समावेश गर्नुपर्ने, ठेकेदार प्रथा हटाइ सम्पूर्ण कर्मचारीलाई अस्पताल प्रशासनले तलब दिनुपर्ने, पुराना कर्मचमारीको कामको मूल्याङ्कन र अनुभवका आधारमा गे्रडिङ दिनुपर्ने, कर्मचारीलाई स्थायी गुर्नपर्ने, तलबमा पाइने सबै सेवासुविधा उपल्बध गराउनुपर्नेजस्ता छ बुँदे माग राखी केही दिनयता कालोपट्टी बाँधेर काम गर्दै आएका नर्स बुधबार साँझदेखि सेवा बहिष्कार गरी धर्नामा बसेपछि केन्द्रको सेवा प्रभावित भएको हो । केन्द्रका नर्सले आकष्मिक र आइसीयूबाहेकको सेवा ठप्प गरेका छन् ।

प्रशासनसमक्ष पटक–पटक गे्रडिङलगायत स्थायी गर्नुपर्ने माग राख्दा पनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रनुपरेको नर्सिङ सङ्घ एकाइ भक्तपुरका अध्यक्ष मीना खर्बुजाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तीन दिनदेखि कालोपट्टी बाँधेर काम गरिरहे पनि कुनै सुनुवाइ नभएपछि सेवा बहिष्कारको आन्दोलन शुरु गरेका हौँ ।

हाम्रा मागलाई हुन्छहुन्छ भनियो तर, सात-आठ महीनासम्म झुलाउने मात्र काम भयो । त्यसैले हामीले आन्दोलनको विकल्प देखेनौँ र यो कदम चाल्नुप¥यो ।” केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले लोकसेवा आयोगबाट स्थायी पदपूर्तिको प्रक्रिया अघि बढेको बेला आन्दोलनको कुनै अर्थ नभएको प्रतिक्रिया दिनुभयो ।

उहाँले पटक–पटकको प्रयासबाट हालै केन्द्रको दरबन्दी स्वीकृत भएर आएको जानकारी दिँदै स्थायी पदपूर्तिका लागि लोकसेवालाई आग्रह गर्ने काम भइसकेको र अब एक÷दुई दिनमा विज्ञापन खुल्ने हुँदा आन्दोलन गर्नुपर्ने कुनै कारण नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले विभिन्न प्रयासबाट अस्पतालका नर्सको स्थायी प्रक्रिया पूरा गर्दैछौँ, जसका लागि केही दिनमा लोकसेवाबाट प्रक्रिया अगाडि बढ्छ होला, यस्तो बेला आन्दोलन गर्नुपर्ने कुनै कारण छैन ।

यस्तै निर्देशक डा श्रेष्ठले अस्पतालको तर्फबाट आफ्ना कर्मचारीलाई दिने अन्य सेवासुविधाका लागि अस्पतालले गर्नसक्ने सबै सहयोग गरिरहेको समेत बताउनुभयो । आन्दोलनका कारण बिरामीले पाउने सेवा प्रभावित भइरहेको छ ।

हाल अस्पतालमा दैनिक १०० भन्दा बढीको मिर्गौला डायलासिस तथा हप्ताको सात मिर्गौला प्रत्यारोपण हुँदै आएको छ । उहाँले आफ्ना कर्मचारीको सुविधाका लागि अस्पतालले गर्नसक्ने सबै सहयोग गरिरहेको बखतमा बिरामीको उपचार नै प्रभावित हुने गरी आन्दोलन गर्नु दुःखद् रहेको बताउनुभयो ।

नर्सिङ कर्मचारीले सेवा छाडेर आन्दोलन गरे पनि आइसियू, आकष्मिक, ओटी तथा प्रत्यारोपण सेवा भने प्रभावित नभएको निर्देशक डा श्रेष्ठले बताउनुभयो । करीब छ वर्षअघि स्थापित केन्द्रले प्रत्यारोपणको क्षेत्रमा बेग्लै पहिचान बनाएको केन्द्रमा हाल ९६ नर्स कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

निर्वाचनमा खटिएको सेना सवार बस दुर्घटना हुँदा २४ जना घाइते

सम्बन्धित

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ : पूर्वराजा शाह

हिजो बन्दुक बोकेर आएको थिएँ, आज मतपत्र बोकेर आएको छु: प्रचण्ड

भोजपुरमा सेना सवार बस दुर्घटना, २४ जना घाइते

कांग्रेसले जनकपुरबाट सार्वजनिक गर्‍यो प्रतिज्ञापत्र

रुकुमपूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’को घोषणा: “यो निर्वाचन तीन धाराबीचको जनमत संग्रह हो”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com