ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मंगलसेनमा भेटिएको बम सेनाद्वारा डिस्पोज


admin
बैशाख ९, २०७६ सोमबार  १ : २२ बजे

बैशाख ९, अछाम । अछाम सदरमुकाम मंगलसेनमा सोमबार बम भेटिएको छ । मध्यपहाडी लोकमार्गको मंगलसेन–बसपार्क सडक खण्डको बैरागी धारा नजिकको मोडमा बम भेटिएको हो ।
नियमित कसरतमा निस्किएको नेपाली सेनाको टोलीले बीच सडकमा कागजमा बेरिएको अवस्थामा बम फेला पारेका थिए । ग्रिनेट आकारको सो बम फेला परेको करिब दुई घण्टा ३० मिनेटपछि डिस्पोज गरिएको छ । भवनी बक्स गण मंगलसेनबाट आएको मेजर हरि श्रेष्ठको टोलीले बम डिस्पोज गरेको थियो । सेनानी श्रेष्ठका अनुसार उस्तै आकारको शंकास्पद बस्तु पाँच मिटरको फरकमा दुई ठाउँमा भेटिएका थिए । एक ठाउँमा झुक्याउनका लागि मात्र बोतल बोकेर राखिएको भएपनि अर्को ठाउँमा राखिएको बस्तु भने डिस्पोज गरिएको उनले बताए ।
मंगलसेनका प्रमुख गणपति लोचन कार्कीले भने उक्त बस्तुलाई बम भन्न नमिल्ने बताएका छन् । त्रास फैलाउनका लागि कसैले तार र फलाम प्रयोग गरेर बम जस्तो देखिनेगरी सडकमा राखेको हुनसक्ने बताए । डिस्पोज गर्दा सेनाले नै प्रयोग गरेको बिस्पोटक पदार्थको आवाज आएकाले सो बस्तुलाई बम भन्न नमिल्ने उनले बताए । यो सामान्य प्रकृतिको शंकास्पद बस्तु भएकाले यसबाट त्रसित नहुनपनि उनले आग्रह गरे ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीका अनुसार शंकास्पद वस्तु भेटिए लगतै प्रहरीले घटना बारे अनुसन्धान थालेका बताए । यसअघि चार दिन पहिले जिल्लाको तुर्माखाँद गाउँपालिकामा पनि यस्तै शंकास्पद वस्तु भेटिएकाले यसमा कुन समूहको संलग्नता छ भन्नेबारे प्रहरीले खोजी सुरु गरेको उनले बताए
।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

निर्वाचनमा खटिएको सेना सवार बस दुर्घटना हुँदा २४ जना घाइते

सम्बन्धित

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ : पूर्वराजा शाह

हिजो बन्दुक बोकेर आएको थिएँ, आज मतपत्र बोकेर आएको छु: प्रचण्ड

भोजपुरमा सेना सवार बस दुर्घटना, २४ जना घाइते

कांग्रेसले जनकपुरबाट सार्वजनिक गर्‍यो प्रतिज्ञापत्र

रुकुमपूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’को घोषणा: “यो निर्वाचन तीन धाराबीचको जनमत संग्रह हो”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com