ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक


admin
बैशाख ८, २०७६ आईतबार  १० : ५६ बजे

सुर्खेत, ८ वैशाख । मुलुकमा दिनहुँ बढ्दै गएको मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक रहेको औँल्याइएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लालीगुराँस युवा क्लबद्वारा शनिबार आयोजित ‘मानव बेचबिखन विरुद्व’ एकदिने अन्तरक्रिया कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बढ्दो मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक रहेको बताउनुभयो ।

“मानव बेचबिखन धेरै प्रकारले हुने गर्छ”, उपप्रमुख ढकालले भन्नुभयो, “यसको अन्त्यका लागि सुक्ष्म अध्ययन अनुसन्धान गरौँ ।” मानव बेचबिखनका साथै समाजमा घट्ने लैङ्गिक हिंसाका घटना किनारा लगाउन राज्यसँगै नागरिक तहबाट पनि लाग्नुपर्नेमा उहाँको जोड थियो ।

शक्ति समूह नेपालका कार्यकारी निर्देशक सुनिता दनुवारले समाजको कमजोर र निर्दोष वर्ग मानव बेचबिखनको सिकार हुने गरेको बताउनुभयो । पछिल्लो समयमा मानव बेचबिखनको रुप परिवर्तन भएको बताउँदै निर्देशक दनुवारले भन्नुभयो, “सूचना र प्रविधिले निम्त्याएको विकृतिबाट पनि हामी सबै सचेत हुन जरुरी छ ।” वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतका वडाध्यक्ष लोकप्रसाद चालिसेले रहरमा शहर पस्ने प्रलोभनका कारण मानव बेचबिखनको सिकार भएको तर्क गर्नुभयो ।

यद्यपि यस्ता खालका जटिल समस्याको समाधानमा स्थानीय, प्रदेश र सङ्घीय सरकार गम्भीर हुनुपर्नेमा उहाँको जोड थियो । कार्यक्रमका सहभागीले मानव बेचबिखनको समस्याको अन्त्यका लागि सरकारी तथा गैरसरकारी निकाय, मानव अधिकारवादी सङ्घसंस्थाले प्रधान भूमिका खेल्नुका साथै सबै तहका सरकारले जनचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

निर्वाचनमा खटिएको सेना सवार बस दुर्घटना हुँदा २४ जना घाइते

सम्बन्धित

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ : पूर्वराजा शाह

हिजो बन्दुक बोकेर आएको थिएँ, आज मतपत्र बोकेर आएको छु: प्रचण्ड

भोजपुरमा सेना सवार बस दुर्घटना, २४ जना घाइते

कांग्रेसले जनकपुरबाट सार्वजनिक गर्‍यो प्रतिज्ञापत्र

रुकुमपूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’को घोषणा: “यो निर्वाचन तीन धाराबीचको जनमत संग्रह हो”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com