ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आमा समूहद्वारा जाँडरक्सी प्रतिबन्ध


admin

सप्तरी, ६ वैशाख । आमा समूहले प्रहरीको सहयोगमा गाउँ, घर, टोलमा जाँडरक्सी बिक्री–वितरणमा प्रतिबन्ध लगाएका छन् । शिव महिमा आमा समूहले कञ्चनरूप नगरपालिका– ११ ठेलियामा जाँडरक्सी बिक्री–वितरणमा प्रतिबन्ध लगाएको इलाका प्रहरी कार्यालय ठेलियाका प्रहरी नायब निरीक्षक अयोध्याशरण यादवले बताउनुभयो ।

जाँडरक्सी बिक्री र सेवनका कारण घरेलु हिंसा बढेको भन्दै आमा समूहले अभियान थालेपछि गाउँमा सञ्चालित तीनवटा मदिराका पसलसमेत बन्द भएको छ । आमा समूहकी अध्यक्ष महावती चौधरीका अनुसार मदिरा सेवनले बढेको घरलु हिंसा र सामाजिक विकृति रोक्न यहाँको महिला समूह सक्रिय भएका हुन् ।

मदिरा सेवनले पु¥याउने हानिनोक्सानीका बारेमा आमा समूहले जनचेतना फैलाउन थालेपछि तीन जनाको मदिरा पसल बन्द भएको ठेलिया स्वास्थ्यचौकिकी अनमी सुनिता चौधरीले बताइन् ।

गाउँका तीन जनाले अनुमति लिई मदिरा बिक्री वितरण गर्न थालेपछि सामाजिक विकृति फैलिएको भन्दै आमा समूहले जनचेतना अभियान थालेको हो । बजारमा पसल सञ्चालन गरी मदिरा बिक्री–वितरण गर्ने अनुमति लिएका उनीहरुले गाउँबस्तीमा गई पसल सञ्चालन गरेका थिए ।

वडा नं ११ का वडा अध्यक्ष मो. जीबरीलका अनुसार वडा कार्यालयबाट बजारमा पसल खोल्न सिफारिस लगेकोमा उनीहरुले सिफारिस विपरीत गाउँमा मदिरा बिक्री वितरण गरेपछि आमा समूहको सक्रियतामा पसल बन्द गराइएको हो ।

अनुमति लिनेमध्ये दुई जनाले मदिरा पसल बन्द गरेको र सियाकुमारी चौधरीले गाउँबाट हटाइ बजारमा पसल सञ्चालन गर्ने भनी कागज बनाइ सहिछाप गरेपछि छाडिएको उहाँले बताउनुभयो ।

सिफारिस विपरीत गाउँमै मदिरा बिक्री गरेमा प्रमाणपत्र रद्द गरी कानूनबमोजिम कारवाही गरिने वडाध्यक्ष जिबरिलले चेतावनी समेत दिनुभयो । दुई जनाले पसल बन्द गरे पनि पसल बन्द गर्न अटेर गर्ने सियाकुमारी विरुद्ध आमा समूहले वडा कार्यालय र इलाका प्रहरी कार्यालय ठेलियामा निवेदन नै दर्ता गरेका थिए ।

वडा कार्यालयमा वडा अध्यक्षको उपस्थितिमा हिजो अबेरसम्म आमा समूह, इलाका प्रहरी कार्यालयका प्रतिनिधिबीच भएको छलफलपछि सियाकुमारीले गाउँमा मदिरा बिक्री नगर्ने लिखित सहमति जनाउनुभएको छ ।

आमा समूह र प्रहरीले पटक-पटक सम्झाउँदा अन्य दुई जनाले मदिरा पसल बन्द गरेपनि सियाकुमारीले नमानेपछि वडा कार्यालयमा छलफल गरी कागज गराइएको इलाका प्रहरी कार्यालय ठेलियाका प्रहरी नायब निरीक्षक अयोध्याशरण यादवले बताउनुभयो ।

आमा समूह सक्रिय भएपछि महिलामाथि हुने घरेलु हिंसा, मादकपदार्थ सेवन, झँैझगडाजस्ता घटना नियन्त्रणमा सहयोग पुगेको कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्रको भनाइ छ । मापसे गरेर होहल्ला, झैझगडा गर्नेबारे सूचना दिई प्रहरीमा जिम्मा लगाउन पनि नगर प्रमुख मिश्रले आग्रह गर्नुभयो ।

पुरुषले मादक पदार्थ खाएर श्रीमती कुट्ने, घरमा होहल्ला गर्ने र उच्छृशृङ्खल गतिविधि हुन थालेपछि आमा समूह सक्रिय भएका हुन् । आमा समूहको सक्रियतामा अभियान चलेपछि र कतिपयलाई पक्राउ गरी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ग्वार्कोको ओभरपासबाट गुड्न थाले गाडी

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

सम्बन्धित

नौबिसे–मलेखु खण्ड भोलिदेखि दुई दिनका लागि रातको समयमा बन्द हुने

रास्वपा स्थापनाको मूल उद्देश्य देशको नीति परिवर्तनका लागि हो – महामन्त्री बुर्लाकोटी

सर्लाही झडपका दुई जना घाइतेलाई काठमाण्डौ पठाइयो

नेपाली समाजमा अनुशासनको कमी छ – प्रधानमन्त्री ओली

ग्वार्कोको ओभरपासबाट गुड्न थाले गाडी

निरकुंश शैलीमा संसद् चलाउने तरिका ठीक भएन – माधव सापकोटा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com