ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आन्दोलनमा लाग्न कार्यकर्तालाई सभापति देउवाको निर्देशन


admin
बैशाख ६, २०७६ शुक्रबार  १२ : ३२ बजे

काठमाडौं,६ बैशाख । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारले एउटा पनि राम्रो काम गर्न नसकेको दावी गर्नु भएको छ ।

काँग्रेस सभापति देउवाले पत्रकार र शिक्षकलगायत सबैमाथि अन्याय, अत्याचार गर्ने ओली नेतृत्वको सरकारबाट जनतालाई मुक्ति दिने गरी आन्दोलनको तयारीमा लाग्न पनि पार्टीमा आवद्ध नेपाल विद्यार्थी संघका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो ।

नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले बालिका निर्मला पन्तको हत्यारालाई कार्वाही गर्नुको सट्टा बचाउ गर्ने, मूल्य बढाउने, जनतालाई करमाथि कर थोपर्नेजस्ता जनताविरोधी काम ओली सरकारले गरिरहेको आरोप पनि लगाउनु भयो ।

सभापति देउवाले विघटित नेपाल विद्यार्थी संघको पुनर्गठन छिट्टै गर्ने आश्वासन पनि दिनु भयो । उहाँले नेतृत्वका लागि ३२ वर्षे उमेर हद लागू गर्ने-नगर्ने निर्णय नेविसंघकै नेताहरुको परामर्शको आधारमा निर्णय लिने पनि स्पष्ट पार्नु भयो । नेविसंघको नेतृत्वको चयनमा अन्याय नगर्ने सभापति देउवाको प्रतिवद्धता छ ।

सभापति देउवाले नेविसंघले नेपालको राजनीतिक परिवर्तनको ठूल्ठूला आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको पनि स्मरण गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

निर्वाचनमा खटिएको सेना सवार बस दुर्घटना हुँदा २४ जना घाइते

सम्बन्धित

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ : पूर्वराजा शाह

हिजो बन्दुक बोकेर आएको थिएँ, आज मतपत्र बोकेर आएको छु: प्रचण्ड

भोजपुरमा सेना सवार बस दुर्घटना, २४ जना घाइते

कांग्रेसले जनकपुरबाट सार्वजनिक गर्‍यो प्रतिज्ञापत्र

रुकुमपूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’को घोषणा: “यो निर्वाचन तीन धाराबीचको जनमत संग्रह हो”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com