काठमाडौं,६ बैशाख । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित पाँच न्यायायाधिशहरुको नाम अनुमोदन गरेको छ ।
समितिको बिहीबार सिंहदबारमा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधिशका लागि प्रस्तावित प्रकाशकुमार ढंगाना, सुष्मलता माथेमा, हरि फुयाँल, कुमार रेग्मी र मनोजकुमार शर्माको नाम अनुमोदन गरेको हो ।
समितिको बैठकमा पाँचै जना न्यायाधिशको सुनुवाई गरि उनीहरुको नाम सर्वसम्मतिले अनुमोदन गरिएको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनु भयो । समितिमा प्रस्ताव न्यायाधिशहरुविरुद्ध ५ वटा उजुरी परेको थियो । त्यस सम्बन्धमा पनि बिहीबार नै उजुरीकर्ताहरुसँग छलफल गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्