ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युत् अवरुद्ध हुँदा तीन सय घर धुरी अन्धकारमा


admin
बैशाख ५, २०७६ बिहीबार  १२ : ३९ बजे

गलकोट, ५ वैशाख । जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा गत वैशाख १ गते परेको भीषण वर्षाका कारण आएको बाढीले दुई लघु जलविद्युत् आयोजनामा क्षति पु¥याउँदा विद्युत् सेवा अवरुद्ध भएको छ ।

अविरल वर्षापछि आएको बाढीका कारण गौदी खोला किनारमा रहेको १५ किलोवाटको गौदिखोला चौथो लघुजलविद्युत् आयोजना र २१ किलोवाट क्षमताको गौदिखोला तेस्रो लघुजलविद्युत् आयोजनामा क्षति पु¥याएको गलकोट नगरपालिका–१ दुदिलाभाटीका वडाध्यक्ष नेत्रबहादुर बुढाथोकीले बताउनुभयो ।

दुलिलाभाटीमा चारवटा लघुजलविद्युत् आयोजना सञ्चालनमा आएकामा दुईवटामा ठूलो क्षति पु¥याएको र दुईमा आंशिक क्षति पु¥याएको थियो । बुढाथोकीका अनुसार सामान्य क्षति पु¥याएको गौदिखोला पहिलो र दोस्रो लघुजलविद्युत् आयोजना सामान्य मर्मतपछि सञ्चालन भएका छन् ।

“पाँच दिनदेखि लघुजलविद्युत् प्रयोग गर्ने तीन सय घरधुरी अन्धकारमा बस्न बाध्य छन्,” बुढाथोकीले भन्नुभयो, “आयोजनको उत्पादन गृह मर्मत गर्न शुरु गरेका छौँ ।” बाढीले ल्याएको ढुङ्गा, गिट्टी, बालुवा र माटोलाई सफा गरेपछि मात्र यथार्थ क्षतिको विवरण आउने वडा कार्यालयले जनाएको छ ।

गौदिखोला तेस्रोको विद्युत् उत्पादनगृहको केही भाग नै बाढीले बगाएको छ भने चौथोको उत्पादन गृह बाढीले पुरेको स्थानीय सुमित्रा कार्कीले बताउनुभयो । “सामान्य खर्चमा मर्मत गर्न सके केही दिनमा विद्युत् सञ्चालन हुनेछ,” कार्कीले भन्नुभयो, “ठूलो खर्च लाग्ने देखिए स्थानीय महिनौँ अन्धकारमा बस्न बाध्य हुनेछन् ।

” केन्द्रीय विद्युत् विस्तार गर्न थालिएको दुदिलाभाटीमा १२ वटा केन्द्रीय प्रसारण लाइनका पोलसमेत बाढीका कारण भाँचिएकोे स्थानीय शिव सुनुवारले जानकारी दिनुभयो । तत्काल मर्मत गर्न मिल्ने भए मर्मतमा सहयोग गर्ने, तत्कालै सम्भव नदेखिए केन्द्रीय लाइनलाई छिटो विस्तार गर्न पहल गर्ने त्यस क्षेत्रवाट निर्वाचित प्रदेश सांसद चन्द्रसागर बुढाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

निर्वाचनमा खटिएको सेना सवार बस दुर्घटना हुँदा २४ जना घाइते

सम्बन्धित

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ : पूर्वराजा शाह

हिजो बन्दुक बोकेर आएको थिएँ, आज मतपत्र बोकेर आएको छु: प्रचण्ड

भोजपुरमा सेना सवार बस दुर्घटना, २४ जना घाइते

कांग्रेसले जनकपुरबाट सार्वजनिक गर्‍यो प्रतिज्ञापत्र

रुकुमपूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’को घोषणा: “यो निर्वाचन तीन धाराबीचको जनमत संग्रह हो”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com