
कावासोती,५ बैशाख । नवलपुरको कावासोती इन्द्रचोकमा बम बिष्फोट भएको छ । राजमार्ग नजिकै रहेको झाडीमा बम बिष्फोट भएको हो ।
बिष्फोटबाट कुनै मानविय तथा भौतिक क्षति भने भएको छैन् । कावासोतीको मुटु इन्द्रचोकमा नै बम बिष्फोट भएपछि स्थानीय क्रसित भएका छन् ।
स्थानमा प्रहरी शंकास्पद बस्तु समेत फेला पारेको छ । शंकास्पद बस्तु डिष्पोजनको लागि नेपाली सेनाको टोलि आउदै गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्