
काठमाडौं,३ बैशाख । काठमाडौंमा आगामी जेठ ३, ४ र ५ गते नेपाल अन्तराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो’ आयोजना हुने भएको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र खानी तथा भूगर्भ बिभागले समुक्त रुपमा ‘नेपाल अन्तराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो’ आयोजन गर्न लागेको हो । मेलामा भारत, चीनलगायत एशीयाली र यूरोपियन मुलुकहरुसहित गरी ७० वटा कम्पनीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
तीन दिन सम्म चल्ने एक्पो खानी तथा भूभर्ग विभागको काठमाडौंको लैनचौरस्थित विभाग परिसरमा आयोजना हुनेछ । नेपाली गरगहनाको मौलिकता, विविधता, विशिष्टता आदि पक्षलाई अन्तराष्ट्रिय क्षेत्रमा पनि उजागर गर्ने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको महासंघका अध्यक्ष रमेश महर्जनले जानकारी दिनुभयो ।
हिमालय रत्नको रुपमा बिश्वभरी प्रख्यात भएको नेपालको रत्न तथा पत्थरहरु प्रचार प्रसारको अभावमा औद्योगिक करण गरी निर्यात बढाउने उदेश्यका साथ सरकारकै पहलमा एक्पो आयोजना गर्न लागिएको खानी तथा खानी तथा भूगर्भ बिभागका महानिर्देशक सोमनाथ सापकोटाले बताउनुभयो ।
उहाँले नेपालको खनिजलाई बिश्वभरी प्रवद्धनका लागि निर्यात व्यापारलाई समेत मध्यनगर गर्दै एक्पो आयोजन गर्न लागिएको बताउनुभयो । एक्स्पोमा अधिकतम सहभागिता जुटाउन विदेशस्थित नेपाली कूटनीतिक नियोग, गैर आवासीय नेपाली संघलगायतका निकायसँग पनि सहकार्य आयोजकले जनाएको छ ।
नेपाली गरगहनाको मौलिकता विश्वमै चिनाउनुको लागि बिदेशी लगानीकर्तालाई लगानीको अवसर र नियार्त व्यापारको लागि समेत एक्पोले टेवा पु¥याउने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्