ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टिक टक भिडियो बनाउँदा एक जनाको ज्यान गयो


एबीसी न्यूज

काठमाडौं, ३ बैशाख । भारतको नयाँ दिल्लीमा मोबाइल एप टिक टकले गर्दा एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार, १९ वर्षीय व्यक्तिले मोबाइल एप टिक टकमा पेस्तोलसँगै भिडियो बनाउने क्रममा उनको साथीलाई गोली लागेको हो ।

आइतबार राति सलमान जकिर आफ्ना साथीहरु सोहिल र आमिरसँगै दिल्लीको इण्डिया गेट घुम्न निस्किएका थिए । इण्डिया गेटबाट फर्कने क्रममा सोहिल कार चलाइरहेका सलमानसँगै बसेका थिए । सोहिलले घरेलु पेस्तोल निकाले र सलमानलाई लक्षित गर्दै टिक टकमा भिडियो बनाउन लाग्दा अचानक सलमानको देब्रे गालामा गोली लागेको प्रहरीले जानकारी दियो ।

आमिर भने क्रेटा कारको पछाडिपट्टि बसेका थिए । मध्य दिल्लीको बाह्रखम्बा सडक नजिकै रहेको रञ्जित सिंह फ्लाइओभरमा घटना घटेको हो । घटनापछि सोहिल र आमिर आत्तिँदै घाइते भएका सलमानलाई उनको नातेदारहरु रहेको दरियागञ्ज पुर्‍याए, जहाँ उनीहरुले रगतले लतपतिएको कपडा बदलेका थिए । ‘त्यसपछि सलमानलाई उनका साथी र नातेदारले नजिकैको एलएनजीपी अस्पताल पुर्‍याएका थिए, तर डक्टरले उनको मृत्यु भएको घोषणा गरे,’ प्रहरीले भन्यो ।

आमिर, सोहिल र अर्को एक व्यक्तिलाई पक्राउ गरिएको र बाह्रखम्बा पुलिस स्टेशनमा हत्या र गैरकानुनी रुपमा हतियार राखेकोको मुद्दा दर्ता गरिएको प्रहरीले बताएको छ । ‘सोहिललाई गोली हानिसकेपछि पक्राउ गरिएको थियो भने आमिरलाई गोली लुकाउने क्रममा गिरफ्तार गरिएको हो । त्यस्तै शरिफलाई रगत लागेको लुगा लुकाउने क्रममा पक्राउ गरिएको हो’, प्रहरी अधिकारीले भने ।

गोली दुर्घटनावश भएको हो कि नियतवश चलाइएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले बतायो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com