ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आठौँ राष्ट्रिय खेलकूद : टेबलटेनिस खेल सकियो


admin

घोराही, ३० चैत । दाङमा जारी आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत ४०औँ टेबलटेनिस प्रतियोगिताका आज सम्पन्न दुई खेलमा दुवै खेलमा नेपाल पुलिस क्लबले स्वर्ण र दुई रजत पदक जितेको छ भने एपिएफले दुई कास्य र त्रिभुवन आर्मी क्लबले दुई–दुई कास्य पदकमा चित्त बुझाएका छन् ।

आज भएको पुरुष एकल प्रतियोगितामा नेपाल प्रहरीका श्यान्टु श्रेष्ठले स्वर्ण, प्रहरीकै प्रदीप रोकाले रजत र सशस्त्रको एपिएफका डिलस श्रेष्ठ र शिव सुन्दर गोचेले कास्य पदक हात पारेका छन् ।

आजै भएको अन्तिम महिला एकलमा नेपाल प्रहरीकी बबिता श्रेष्ठले स्वर्ण, प्रहरीकै एलिना महर्जनले रजत र त्रिभुवन आर्मी क्लबका रविना महर्जन र दीक्षा तामाङले कास्य पदक हात पारेका छन् ।

शुक्रबार भएको पाँच खेलमा नेपाल प्रहरीले चार स्वर्ण र एउटा रजत पदक जितेको थियो । यस्तै सशस्त्र प्रहरीको एपिएफ क्लबले एउटा स्वर्ण, दुई रजत तथा दुई कास्य पदक हात पारेको थियो भने नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले दुई रजत तथा दुई कास्य जितेको थियो ।

यसअघि बिहीबार सम्पन्न खेलमा प्रहरीले तीन तथा एपिएफ क्लबले एउटा स्वर्ण पदक जितेको थियो । बिहीबार महिला समूहगत स्पर्धामा पुलिस क्लब र एपिएफ क्लबले स्वर्ण पदक जितेको थियो । गत चैत २७ गते देखि शुरु भएको टेबल टेनिस खेल आज सकिएको छ । यस पटकको राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा विभिन्न प्रकारका सातवटा प्रतियोगिता गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ग्वार्कोको ओभरपासबाट गुड्न थाले गाडी

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

सम्बन्धित

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि स्कटल्यान्डलाई : नेपाल ३४ रनले पराजित

टी–२०आई सिरिजमा नेपाल ६ विकेटले विजयी

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज स्कटल्यान्ड र नेदरल्यान्ड्स खेल्दै

स्कटल्याण्डमाथि नेपालको संघर्षपूर्ण जित

टी-२० त्रिकोणात्मक सिरिज: दोस्रो खेलमा नेपाल आज स्कटल्यान्डसँग भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com