
काठमाडौं,२९ चैत । जेभियर इन्टरनेशनल कलेज कालोपुलका विद्यार्थी ऋतिक यादव यस वर्षको ए लेभल परीक्षामा विश्व प्रथम भएका छन् ।
शुक्रबार ललितपुरमा ब्रिटिश काउन्सिलले आयोजना गरेको कार्यक्रममा विश्वभरीका विद्यार्थीमा जेभियर इन्टरनेशनलका यादवले ‘वर्ल्ड टप’गरेकोे बताइएको छ । कार्यक्रममा वर्ल्ड टप गर्ने सहित बिभिन्न उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
यादवले कम्प्युटर साइन्स र फिजिक्समा वर्ल्ड टप गर्दै केमेष्ट्रीमा विश्वको सातौं वरियता कायम गरेका छन् ।
विश्वमै प्रसिद्ध बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको जनरल सटिफिर्केट अफ एजुकेसन (जिसिई) कार्यक्रम अन्तर्गत सञ्चालित शैक्षिक कार्यक्रम ए लेभलमा नेपालका विद्यार्थीले यसअघि पनि उत्कृष्ट नतिजा ल्याएका थिए ।
ए लेभल पढाइ हुने नेपालका विभिन्न कलेजका उत्कृष्ट विद्यार्थीको नामसमेत कार्यक्रममा सार्वजनिक गरिएको थियो । क्याम्ब्रिज विश्वविद्यालयको जिसिईले विश्वमै उच्चस्तरको परीक्षा सञ्चालन गर्ने र एउटै समयमा परीक्षा गर्ने तथा एउटै समयमा नतिजा निकाल्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्