
नेपालगन्ज,२९, चैत्र । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ उदयपुरमा रहेको ओम प्लाई एण्ड फर्निचर उद्योगमा आगलागी भएको छ ।
बिहान करिव ४ बजेतिर उद्योगमा आगलागी हुदां करिव ५ करोड रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अरुण पौडेलले जानकारी दिए ।
आगलागीबाट करिव ५ करोड रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अरुण पौडेलले जानकारी दिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा तथा नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाको दमकलको सहायताले बिहान ७ बजेतिर आगो नियन्त्रणमा लिएका थिए ।
आगलागीको कारण खुल्न नसकेपछि बोईलर मेसिनबाट आगो सल्केको हुन सक्ने अनुमान गरिएको छ । घटनाको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतसिंह राठौंरको नेतृत्वमा खटिएको टोलीले अनुसन्धान सुरु गरेको छ ।
उद्योग सञ्चालक पशुपति दयाल मिश्रले क्षतिको यकिन नभएपनि ५, ६ करोड बराबरको क्षति भएको हुन सक्ने बताउनु भएको छ ।








प्रतिक्रिया दिनुहोस्