ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यू–१९ विश्वकप छनोट आजदेखि : छनोट हुने नेपालको लक्ष्य


एबीसी न्यूज

काठमाडौँ, २९ चैत । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू–१९ विश्वकप एक दिवसीय एशिया छनोट प्रतियोगिता आजदेखि मलेशियामा शुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित टेष्ट नखेल्ने एशियाका छ राष्ट्रले सिङ्गल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् र अङ्क तालीकामा शीर्षस्थानमा रहने एक टोली २०१९ जनवरीमा दक्षिण अफ्रिकामा हुने यू–१९ विश्व कपमा पुग्नेछ ।

छनोटमा नेपालसहित मलेशिया, संयुक्त अरब इमिरेट्स (युएई), सिङ्गापुर, कुबेत र ओमान भिड्दैछन् । नेपालले पहिलो खेल आज सिङ्गापुरसँग खेल्नेछ । नेपालले छनोट खेल्नुअघि भारतको आन्ध्र प्रदेशको यू–१९ क्रिकेट टोलीसँग छ मैत्रीपूर्ण खेल खेलेको थियो । मैत्रीपूर्ण खेलमा नेपालले चार खेलमा जीत तथा दुई खलमा हार ब्यहोरेको थियो । राष्ट्रिय टोलीका सदस्य रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका पवन सर्राफ, सन्दीप जोरा र राष्ट्रिय टोलीमा परिसकेका भीम सार्कीलगायत खेलाडी छन् । यसपटक नेपाली टोलीमा चार नयाँ खेलाडीले स्थान बनाएका छन् ।

घरेलु प्रतियोगितामा राम्रो गरिरहेका कुशल मल्ल र हरिबहादुर चौहान, प्रतिश जिसी र अभिषेक बस्नेतले पहिलोपटक यू–१९ टोलीमा स्थान बनाएका हुन् । त्यस्तै यू–१९ टोलीका नियमित सदस्य रित गौतम, कमलसिंह ऐरी, रसिद खान, सागर ढकाल तथा सूर्य तामाङ नेपाली टोलीमा छन् । नेपालको प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दास रहेका छन् ।

झण्डै तीन वर्षदेखि विनोदले युवा तथा राष्ट्रिय महिला टोलीको प्रशिक्षणको जिम्मेबारी सम्हाल्दै आएका छन् । नेपाली प्रशिक्षक दासले भारतमा क्याम्पका लागि जानुअघि नेपालको लक्ष्य विश्वकपमा छनोट हुनु रहेको बताएका थिए । पहिलोपटक नेपाली यू–१९ टोलीको कप्तानी गर्न लागेका रोहितले नेपाललाई विश्वकपमा छनोट गराउन सके त्यो क्षण आफ्ना लागि उत्कृष्ट हुने बताएका छन् । सन् १९९८ देखि शुरु भएको यू–१९ विश्वकपमा हालसम्म नेपालले सात पटक खेलेको छ । सन् २००० मा श्रीलङ्कामा भएको यू–१९ विश्वकपमा नेपालको पहिलो सहभागिता थियो । नेपालले त्यसपछि सन् २००० देखि २००८ सम्म लगातार पाँच पटक तथा सन् २०१२ र २०१६ मा यू–१९ विश्वकप खेलेको थियो । नेपालले आगामी सोमबार मलेशियासँग खेल्नेछ । नेपाल मलेशियासँग अहिलेसम्म पराजित भएको छैन । तर मलेशियाले पछिल्लो समय यू–१९ क्रिकेटमा भने राम्रो सुधार गरेको छ । नेपालले मङ्गलबार ओमान र विहीबार कुवेतसँग खेल्दै यस प्रतियोगिता सकाउने छ
।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com