ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वी अफगानिस्तानमा आक्रमण, एक प्रहरीको मृत्यु,सात घाइते


admin
चैत्र २५, २०७५ सोमबार  २ : २८ बजे

एजेन्सी,२५ चैत । अफगानिस्तानको पूर्वी शहर जलालाबादमा सोमबार भएको एक बम आक्रमणमा परी कम्तीमा एक प्रहरीको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका छन् । प्रान्तीय महिला विभाग नजिकै गुडिरहेको एक भ्यान विस्फोटक पदार्थसँग ठोक्किँदा सो घटाना भएको थियो ।

प्रान्तीय महिला विभाग र आरियाना विश्वविद्यालय नजिकैको स्थानमा पर्ने उक्त इलाकामा भएको यो विस्फोटन स्थानीय समय अनुसार सोमबार बिहान ६ः४६ मा भएको थियो । सो घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । घाइतेहरुमा छ जना सर्वसाधारण रहेका र ती सबैलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । प्रहरीका अनुसार शान्तिको दुश्मन तालिबान लडाकू समूहले नै यो कार्य गराएको हो ।

सन् २००१ मा आफूहरु सत्ताबाट बाहिरिएपछि सशस्त्र आतङ्कमा लागेका तालिबान लडाकू समूहले यो कार्य गराएको प्रहरीले दाबी रहेको छ । तालिबान आतङ्ककारी समूहले सोही बेलादेखि सरकारी सुरक्षा अधिकारीहरु र सर्वसाधारणलाई आक्रमण गर्दै आएको छ । जलालाबाद शहरमा गत हप्ता मात्र भएको शृङ्खलाबद्ध बम आक्रमणमा चार व्यक्तिको मृत्यु भएको थियो । त्यसमा परी एक २२ वर्षीया महिला र दुई ट्राफिक प्रहरी अधिकारी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ

थापाथलीमा फेरी डोजरको त्रास: सामान सार्न सुरु, केहीले भने प्रतिकार गर्ने

सम्बन्धित

नयाँ व्यापार व्यवस्था कस्तो ? : एक विस्तृत रुपरेखा

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

एउटा प्राज्ञिक चमत्कार

इरान युद्ध : वार्ताका लागि ट्रम्पद्वारा युद्धविरामको अवधि थप

अमेरिकी सेनाले इरानी जहाजलाई नियन्त्रणमा लिएको घटनाप्रति चीनको गम्भीर चासो

वार्ताका लागि सोमबार साँझसम्म अमेरिकी टोली इस्लामावाद पुग्ने ट्रम्पको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com