ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वन्यजन्तुले अन्नबाली नष्ट गरेपछि ..


admin

बनेपा, २५ चैत । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ३ तेलमाले कुशादेवीका नवराज सापकोटाले पछिल्लो समयमा काँक्रो खेती जति गरे पनि बँदेल र मृगले नष्ट गरिदिएपछि आफूले गर्दै आएको पेशा नै छाडिदिएको बताउनुभयो ।

वार्षिक रु दुई लाखदेखि चार लाखसम्म अवस्थाअनुसार आम्दानी गर्दै आउनुभएका उहाँले त्यसरी वन्यजन्तुले सखाप पारेर दुःख दिन थालेपछि अहिले जग्गा नै बाँझो राखेको उहाँको भनाइ छ ।

“वस्तुभाउ पाल्ने काममा राम्रो भए पनि कृषिमा वन्यजन्तुले नष्ट गरिदिने भएका कारण खेती नै छाड्नुपर्ने बाध्य बनायो”, सापकोटाले भन्नुभयो । वडा नं २ का लक्ष्मण हुमागाईंले लगाएको अन्नबाली सखाप पार्ने बँदेललाई भगाउन ठूलो स्वरमा ‘स्पिकर’ बजाए पनि नभाग्ने भएकाले त्यसको नियन्त्रण गर्ने व्यवस्था गरिदिन सम्बन्धित पक्षसँग आग्रह गर्नुभयो ।

त्यसका लागि विकल्पमा खानेकुरा दिएर तथा थुनेर राष्ट्रिय निकुञ्जतिर लगेर छाड्ने व्यवस्था भए त्यसो गर्नसमेत आग्रह गर्नुभयो । वडा नं ३ का अर्का किसान रामप्रसाद बञ्जाराले बँदेलले माडेको घाँस गन्धका कारण गाईभैँसीले समेत नखाने भएकाले आफूले हैरानी खेपिरहेको बताउनुभयो ।

“मैले गाईभैँसीका लागि ४० रोपनी जग्गामा जै घाँस लगाएको छु, त्यसको गेडा छिप्पिएर पहेँलो भएपछि बँदेलले सोरसार पारेर चपाउँदै मिल्काउँदै गर्दा घाँस नै सखाप पारिदिएको छ ।” उहाँले भन्नुभयो, “त्यसरी बँदेलले घाँस कुल्चने र माड्ने गरेपछि गाईभैँसीले गन्धका कारण घाँस नखाँदारहेछन् ।

” उहाँले त्यससँगै लगाएको बाली आलु, मकै र गहुँको ७० प्रतिशत जति त बँदेलले क्षति गरेर टिप्न नहुने भएको बताउनुभयो । वडा नं ३ कै अर्का किसान भीमप्रसाद घिमिरेले ठूलो मान्छे सधँै घरमा नहुने भएकाले वन्यजन्तुकै कारणले गर्दा असुरक्षित हुने अवस्था आएको बताउनुभयो ।

स्थानीय बासिन्दा हरिप्रसाद सापकोटाले पछिल्लो समयमा सामुदायिक वनमा भन्दा निजी वनमा झाडी बढी भएका कारण पनि वन्यजन्तु बढी मात्रमा घरबारी नजिकै आउने गरेको बताउनुभयो ।

वडा नं २ का निर्वाचित वडासदस्य सूर्यबहादुर तामाङले आफ्नो बस्ती राष्ट्रिय वन फुल्चोकीको फेदमा परेको हुनाले वन्यजन्तुले हैरान पारेको बताउनुभयो । “वनका झाडी सफा गरेर खुला गर्नसक्ने अवस्था पनि छैन, भएको जग्गामा लगाएको बालीको बीमा गरेर पनि साध्य छैन ।”

उहाँले प्रश्न गर्दै भन्नुभयो, “जे गर्दा पनि वन्यजन्तुबाट सुरक्षित हुन नसक्नेका लागि सरकारले कस्तो व्यवस्था ल्याउने हो ?” त्यसका लागि काँडेतार या विद्युतीय तार राखेर भए पनि व्यवस्था गर्न पाउने ऐनमा उल्लेख भए राम्रो हुने उहाँको भनाइ छ । सो ठाउँमा १३८ घरधुरी बसोबास गर्दै आइरहेका छन् ।

लगाएको अन्नबाली वन्यजन्तुबाट क्षति भए त्यसको क्षतिपूर्तिका लागि बाली बीमाको व्यवस्था हुनुपर्ने किसानले माग गरेका छन् । “कि त बाली बीमाको व्यवस्था हुनुप¥यो, कि वन्यजन्तु संरक्षण ऐनमा पनि स्थानीय परिस्थितिका आधारमा त्यसलाई नियन्त्रणको लागि छुट्टै ऐनको व्यवस्था भएर आउनुप¥यो”, नगरपालिका वडा नं १, २ र ३ का किसानको एउटै आवाज छ ।

वडा नं २ का अध्यक्ष पुरुषोत्तम अधिकारीले भूकम्पपश्चात वन्यजन्तुले बढी क्षति पु¥याउँदै आएको बताउनुभयो । सामुदायिक वनमा रुखभन्दा पनि झाडी बढी भएका कारण वन्यजन्तुको बासस्थानका लागि सहज भएकाले त्यसलाई फडानी गर्ने व्यवस्था गरेमा केही हदसम्म कम हुने उहाँको भनाइ छ ।

उहाँले जतिसुकै नयाँ संरचनाअनुसार सिंहदबारको अधिकार गाउँमा आएको कुरा गरे पनि वनले स्थानीय तहमा कुनै पनि अधिकार नदिएका कारण के गर्ने भन्ने विषयमा कुनै निर्णय लिन सक्ने अवस्था नरहेको बताउनुभयो । “वनले हामीलाई कुनै पनि अधिकार दिएको छैन”, उहाँले भन्नुभयो, “डिभिजन वन कार्यालयमा समस्या राख्दासमेत कुनै खालको समाधानको उपाय दिइएन ।”

नगरपालिकाका प्रमुख भीम न्यौपानेले नगरपालिकाले विपत् व्यवस्थापन न्यूनीकरणअन्तर्गत राहत कोष खडा गरेको र त्यसबाट किसानको बाली क्षति भएको अवस्थालाई मध्यनजर गर्दै केही मात्रमा राहत दिने व्यवस्था गर्ने बताउनुभयो । उहाँले बाली बीमाको अभ्यास अहिलेसम्म पनि नभएका कारण बँदेलले पु¥याएको क्षतिको समस्या समाधान गर्न सकिने अवस्था नरहेको बताउनुभयो ।

“त्यसरी गरेको काम दिगो हुँदैन, त्यससँगै केही मात्रमा राहत पु¥याउन नगरपालिकाभित्र रहेको सामुदायिक वनको व्यवस्थापन गर्ने प्रक्रियामा छौँ”, उहाँले भन्नुभयो, “दर्ता रहेको ६७ सामुदायिक वन नवीकरण नभएको अवस्थामा त्यसलाई तत्काल कार्ययोजना बनाएर नवीकरण गर्ने र त्यहाँ भएका झाडी र ढलेका रुखको व्यवस्थापन मात्रै गर्न सकेमा पनि केही हदसम्म बँदेललगायतका वन्यजन्तुबाट हुने अन्नबालीको क्षति कम गर्न सकिन्छ ।” प्राध्यापक नीलकुमार शर्माले वन्यजन्तुबाट पु¥याएको अन्नबाली क्षतिको विषयलाई लिएर प्राकृतिक सन्तुलन बिगार्नतिर नलाग्न आग्रह गर्नुभयो ।

प्राकृतिक सन्तुलनलाई बिगार्ने काम ग¥याँै भने हामी आफैँ समाप्त हुने भएकाले त्यसतर्फ लाग्नुभन्दा पनि अरु कुनै विकल्प निकालेर अघि बढ्नु उपयुक्त हुने उहाँको सुझाव छ ।

किसानको सो समस्या समाधानका लागि जिल्लास्थित जिल्लास्तरीय संवाद समूह काभ्रेपलाञ्चोकले ‘दिगो शान्तिका लागि उन्नत सम्बन्ध’ समुदायमा संवाद कार्यक्रमअन्तर्गत प्रभावित क्षेत्रका किसानसँग अन्तरक्रिया गरी समाधानका उपायको विषयमा छलफल प्रक्रिया अगाडि बढाएको समूहका मधुसुधन गुरागार्इंले बताउनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण पाँचौँ संशोधन ऐन, २०७३ को व्यवस्थाअनुसार राहत दिने व्यवस्थाको दफा ६ को ३ घ मा राष्ट्रिय निकुञ्ज तथा आरक्षणभन्दा बाहिर वन्यजन्तुको आक्रमणमा परी धनजनको क्षति भएमा त्यस्तो क्षतिवापत तोकिएबमोजिम राहत दिइनेछ भन्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पले यो युद्ध कसरी हार्न सक्छन् ?

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सम्बन्धित

प्रकाशमानलाई कान्छारामको चेतावनी : १५औं महाधिवेशनमा हिसाब-किताब हुन्छ

भक्तपुर नगरपालिकाको बजेट दुई अर्ब ४७ करोड

कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्र हुनुपर्छ- कोइराला

जनमतकी सांसद सुमना शर्माविरुद्ध पक्राउ पुर्जी

अहिलेका अर्थमन्त्री र सहरी विकासमन्त्री फेरि संसद्‌मा नआऊन् भन्दै कांग्रेस सांसदले गरे रोस्ट्रममै प्रार्थना

बजेटमा गणेशमान सिंहको अपमान गरेको भन्दै सहरी विकासमन्त्रीलाई माफी माग्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com