ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

असिनापीडितलाई राहत दिन प्रदेश सरकारसँग माग


admin
चैत्र २४, २०७५ आईतबार  ४ : १५ बजे

सुर्खेत, २४ चैत । कर्णाली प्रदेशसभामा दैलेखबाट प्रतिनिधित्व गर्ने सदस्यले हावाहुरी र असिनापानीले करोडौं क्षति पु¥याएको भन्दै राहत तथा क्षतिपूर्ति दिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेशसभाको आज बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले २४ घण्टाभित्र अनुगमन समिति गठन गरी क्षतिपूर्तिको घोषणा गर्न माग गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभा सदस्य मीनासिं रखालले यही चैत २२ र २३ गते आएको हुरीबतास र असिनापानीले दैलेखको क्षेत्र नं २ मा करोडौं मूल्य बराबरको अन्नबाली, फलफूल नष्ट गरेको जानकारी गराउनुभयो ।

उहाँले क्षतिको मूल्याङ्कनका लागि तत्काल अनुगमन समिति गठन गरी क्षतिपूर्ति उपलब्ध गराउन प्रदेश सरकारसँग माग गर्नुभयो । नेपाली काङ्गे्रसका प्रदेशसभा सदस्य हिमबहादुर शाहीले असिनापानीले सिङ्गो जिल्ला प्रभावित हुँदासमेत प्रदेश सरकार मौन बसेको भन्दै आक्रोश पोख्नुभयो ।

दैलेखकै अर्का प्रदेशसभा सदस्य सुशीलकुमार थापाले पाँचवटै स्थानीय तहमा असिनापानी र हावाहुरीले ठूलो क्षति पु¥याएकाले तत्काल राहत प्याकेज घोषणा गर्न जोड दिनुभयो । जुम्लाका प्रदेशसभा सदस्य पदम रोकायाले कर्णाली राजमार्गको कालीकोट र दैलेखको सीमा क्षेत्र दहीखोलामा खसेको पहिरो हटाउन माग गर्नुभयो ।

पहिरो खसेको तीन दिन बितिसक्दासमेत यातायात सुचारु नहुँदा यात्रुले सास्ती भोग्नुपरेको उहाँको भनाइ थियो । साथै, उहाँले प्रदेश सरकारले मातहतका निकायलाई बजेट खर्चको अख्तियारी नदिँदा विकास योजना अझैं सञ्चालन हुन नसकेको बताउनुभयो ।

दुई विधेयक विषयगत समितिमा प्रदेशसभा बैठकले थप छलफलका लागि दुई विधेयकलाई विषयगत समितिमा पठाउने निर्णय गरेको छ । ‘खाद्य उत्पादन, अधिकार तथा सम्प्रभूता सुनिश्चित गर्न बनेको विधेयक’लाई सामाजिक विकास समिति तथा ‘सार्वजनिक र निजी क्षेत्रको साझेदारीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई अर्थ तथा प्राकृतिक स्रोत समितिमा पठाउने निर्णय सर्वसम्मत पारित गरेको हो ।

दुइटै विधेयकलाई थप छलफल आवश्यक रहेको भन्दै सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले समितिमा पठाउन प्रस्ताव बैठकमा पेश गर्नुभएको थियो । त्यस्तै, बैठकमा ‘प्रदेश लोकसेवा आयोगको काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेले फेरि खेल्यो ‘पपुलिस्ट कार्ड’ : २० लाख निर्व्याजी, २५ हजार मिनाहा, न्यूनतम ज्याला २५ हजार’ (पूर्णपाठ)

देशलाई फेरि प्रयोगशाला बनाउन खोजिंदैछ– अध्यक्ष ओली

सम्बन्धित

समृद्धिका २५ स्तम्भसहित यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठ)

ओलीको दाबी– हामी विचारहीन र दिशाहीन स्टन्टबाट टाढा छौं

४० वर्षमुनिका युवा तथा महिला उम्मेदवारलाई मञ्चमा राखेर एमालेको घोषणापत्र सार्वजनिक

एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

प्रजातन्त्र दिवसमा एमाले अध्यक्ष ओलीको सन्देश– तीन जिम्मेवारी बोध गर्दै अघि बढौँ

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com