ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्माण व्यवसायी सङ्घको अध्यक्षमा राय विजयी


admin

लहान, २४ चैत्र । नेपाल निर्माण व्यवसायी सङ्घ लहान सिरहाको अध्यक्षमा रासलाल राय विजयी हुनुभएको छ । सङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको आज बिहान सम्पन्न मतगणनाअनुसार अध्यक्षमा आफ्ना प्रतिद्वन्द्वीलाई ४२ मत अन्तरले पराजित गर्दै राय विजयी हुनुभएको हो ।

मुख्य निर्वाचन अधिकृत परशुराम निरौलाका अनुसार अध्यक्ष पदमा विजयी हुनुभएका रायले १८१ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी मोहम्मद इस्लाम अलीले १३९ मत प्राप्त गर्नुभयो ।

यस्तै सङ्घको उपाध्यक्षमा गोपाल रायले १५८ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी अमरनाथ साहले १५५ मत ल्याउनुभयो । महासचिवमा नन्दकिशोर साह प्रतिद्वन्द्वी रामचन्द्र साहको १५३ का विरुद्ध १५५ मत प्राप्त गरी विजयी हुनुभएको छ । सङ्घको सचिवमा विमल अधिकारीले १७२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी जयप्रकाश साहले १३९ मत प्राप्त गर्नुभयो ।

त्यस्तै सङ्घको कोषाध्यक्षमा श्यामकुमार महतोले १६१ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी कमलप्रसाद यादवले १५१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत निरौलाले बताउनुभयो ।

सङ्घको सदस्यमा अशोकुमार यादव १७७ मत, जितेन्द्रकुमार यादव १७५ मत, कृष्णप्रसाद सिंह १६३ मत, दीपेन्द्रकुमार यादव १५९ मत, राजेश्वर साह १५५ मत, वीरेन्द्र यादव १५४ मत र प्रमोदकुमार सिंह १५१ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत निरौलाले जानकारी दिनुभयो । कूल ३३१ मतदाता रहेको सङ्घको नयाँ नेतृत्व चयनका लागि हिजो शनिबार भएको मतदानमा ३१५ ले मत खसालेको निरौलाले बताउनुभयो ।

डा मण्डलद्वारा बाराका हावाहुरी पीडितलाई राहत बाराका हावाहुरी प्रभावित ३० परिवारलाई चिकित्सक डा टेकनारायण मण्डलले व्यक्तिगतरूपमा राहतस्वरुप त्रिपाल, झुल र साडीलगायतका समान वितरण गर्नुभएको छ ।

गत आइतबार आएको हावाहुरीबाट घरबारविहीन भएका बाराको परवानीपुर गाउँपालिका–४ चैनपुरका पीडित परिवारलाई डा मण्डलले प्रतिपरिवार त्रिपाल, झुल, साडी, म्याटलगायतका समान एक÷एक थान वितरण गर्नुभयो ।

परवानीपुर गाउँपालिकाका अध्यक्ष तथा वडाध्यक्षको उपस्थितिमा पीडित परिवारलाई करीब रु ५५ हजार मूल्य बराबरको राहत सामग्री वितरण गरेको डा मण्डलले बताउनुभयो । सप्तरीको राजविराज निवासी जनरल फिजिसियन डा मण्डलले राजविराजमा निजी क्लिनिक सञ्चालन गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com