ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइपीएलः पन्जावविरुद्ध सन्दीपको उत्कृष्ट प्रदर्शन


एबीसी न्यूज

काठमाडौं, १९चैत । इन्डियन प्रिमियर लिग (आइपीएल) मा सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स विरुद्धको खेलमा किंग्स इलाभेन पन्जाव विजयी भएको छ । सोमबार राति भएको खेलमा दिल्लीलाई १४ रनले हराउँदै पन्जाव विजयी भएको हो । १६७ रनको लक्ष्य पछ्याएको दिल्ली ४ बल बाँकी छँदै १५२ रनमा अल आउट भयो ।

पञ्जाबका साम कुरानले ह्याट्रिक विकेट लिएपछि दिल्ली पराजित हुन पुग्यो । उनले १८ औं ओभरको अन्तिम बलमा हर्सल पटेललाई बोल्ड आउट गरेका थिए । त्यसपछि २० औं ओभरको पहिलो र दोस्रो बलमा विकेट लिँदै कुरानले ह्याट्रिक पूरा गरेका हुन् । दोस्रो बलमा कासिगो राबडा र तेस्रो बलमा सन्दीप लामिछानेलाई बोल्ड आउट गरेका थिए ।

रनको खाता नखोल्दै पृथ्वी शलाई गुमाएको दिल्लीका लागि शिखर धवन र श्रेयश अय्यरले ६१ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । शिखर ३० रनमा आउट हुँदा श्रेयस २८ रनमा पेभेलियन फर्किए । कोलिन इन्ग्राम र ऋषभ पन्तले उत्कृष्ट पारी खेल्दै टिमलाई जित नजिक पुर्याएका थिए ।

१४४ रनमा चौथो विकेट गुमाएको दिल्लीले बाँकी ८ रन जोड्दा बचेका ६ विकेट खेर फालेको थियो । दिल्लीलाई रोक्न कुरानले ह्याट्रिकसहित चार विकेट लिए भने मोहमद शामीले र रविचन्द्र आश्विनले दुई–दुई विकेट लिए । टस हारेर ब्याटिङको निम्तो पाएको पन्जावले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६६ रन बनायो । उसका लागि डेबिड मिलरले सर्बाधिक ४३, सरफराज खानले ३९, स्याम करनले २०, केएल राहूलले १५ र मन्दीप सिंहले नट आउट २९ रन बनाए ।

बलिङमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २७ रन खर्चिएर महत्वपूर्ण २ विकेट लिए । उनले स्याम करनलाई २० र सरफराज खानलाई ३९ रनमा आउट गरे । यस्तै, क्रिस मोरिसले ४ ओभरमा ३० रन खर्चिएर ३, कागिसो रबाडाले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com